जाडेन र आजमीलाई किड ट्राइथलनको उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार १८:४२:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/249767440_404500747803028_8894939605050507967_n_u5ZAJyn3gx.jpg)
१४ कार्तिक, काठमाडौं । जाडेन श्रेष्ठ पुरुष र आजमी सेरचन महिलातर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राइथलनको उपाधि हात पार्न सफल भएका छन् ।
स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राइथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राइथालन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साइक्लिङ र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् ।
यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । विजयी खेलाडीहरूले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाइजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पूरा गरे ।
यस्तै गर्ल्सतर्फ परिधि भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पूरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे । दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरूले मेडल, प्रमाणपत्रका साथै पाँच हजार र तीन हजारको गिफ्ट भौचर प्राप्त गरे ।
प्रतियोगितामा ब्वाइजतर्फ जोर्डन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरूले तीन हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
बिजयी खेलाडीहरूलाई काठमाण्डौं महानगरपालिका-५ का अध्यक्ष रमेश डंगोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राइथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ पुरुष र ७ महिलाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार