राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्घाटन
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार १८:४४:५९
१४ कार्तिक, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेकी हुन् ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेकी थिइन् । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उदघाटन र पूजा गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरूयोजनाको प्रगतिबारे जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरूयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराएका थिए ।
त्यसलगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गरेको सदस्य सचिव शाक्यले बताए । त्यस्तै, नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले बताए ।
शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको कोषका सदस्यसचिव शाक्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार