उपत्यकाका खोलानाला संरक्षण नगर्दा मानव बस्ती नै खतरामा !
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २१:२४:२०
अनुसा थापा
उपत्यकामा मानव बस्ती दैनिक रूपमा बढ्दै गएको छ । प्रजातन्त्र पुनःस्थानपना पछिबाट सुरु भएको उपत्यकाको अप्रवासन पछिल्लो समय दुर्त गतिमा बढ्दै गएको छ । मानव बस्ती बढ्दै त गयो तर यहाँ उपलब्ध स्रोतसाधनको संरक्षण र व्यवस्थापन भने हुन सकेन ।
उपत्यकाका पानीको स्रोतका रूपमा रहेका नदी तथा खोलाहरू अतिक्रमण हुँदै गएका छन् । नदी तथा खोलाहरू मिचेर निजी तथा संस्थाहरूले बनाएका घर र अन्य संरचनाहरू हटाउने बताए तर कुनै पनि सरकारहरूले त्यसलाई पालना गर्नतिर तदारुकता देखाएको देखिएको छैन । यसले गर्दा उपत्यकाका नदी तथा खोलाहरू चरम अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।
उपत्यकाका नदी तथा खोलाहरु अतिक्रमण मात्रै होइन सहरको ढल सीधै मिसाइनाले पूर्णरूपमा ढलमय भएका छन् । सरकारले वाग्मती नदी किनारमा ढल निर्माण गर्ने र अन्य नदी तथा खोलाहरूमा पनि किनारमा ढल बनाई व्यवस्थापना गर्ने भने पनि लागू हुन सकेको छैन । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले वाग्मती सफाइ अभियान सुरु गरे, उनको अभियानलाई आमजनताले सघाए तर सरकारी नीति लागू गराउनतिर जोड दिनुको साटो सर्वसाधारणसहित नदीमा पसेर फोहर फल्न खोज्दा सफा हुने कुरै भएन, उही हाम्रो अभियान यति वर्षमा पुग्यो भन्ने मात्रै भयो ।
उपत्यकामा भएको खोलानाला मासिँदै गएका छन् । जनसंख्या तीव्र रुपले बढेको कारण पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । सरकारले २०७० सालमा देशभर बग्ने खोला र नदीनाला सफा गर्ने निर्णय गरेको थियो । जसमध्ये उपत्यकाभित्र पर्ने बाग्मती, विष्णुमती, धाेवीखोला, मनोहरा परेका थिए । काठ्माडौंमा मात्र नभई भक्तपुर र ललितपुरका खोलाहरु पनि सफा गर्ने निर्णय भएको थियो । खोला मिचेर घर बनाउने, नदीनालामा उद्योगकाे फोहोर मिसाउनेलाई कारबाही गर्ने भनिएको थियो ।
त्यस्तै, हरेक हप्ता प्रत्येक घरका एकजना खोला सफा गर्न जानैपर्ने नियमको पनि निर्माण भयो । राजनीतिक पार्टीका सदस्यले पनि सरसफाइबाट पछि हट्न पाउदैन थिए । खोला सफा गर्ने त भनियो तर यसमा पनि आर्थिक चलखेल हुन थाल्याे । सरसफाइ गर्न गएकाहरुले जनताले तिरेको करबाटै मास्क, बुट र पञ्जा लगाए । सफा गर्न कुचो र डोकोसमेत जनताले तिरेको करबाटै ल्याइयो । कतिपय संघसंस्थाले समेत यस कार्यका लागि आर्थिक सहयोग गरेका थिए । त्यसकाे प्रतिफल आउन सकेन
भूपू प्रधानमन्त्रीदेखि लिएर भूपू राष्ट्रपतिले समेत खाेला सफा गर्ने प्रतिबद्धता जनाए। खोला सफा गर्ने भन्दैमा तिरेको कर बालुवामा पानी मिसाए जत्तिकै भयो । केही वर्षअघि पानी बग्ने बागमती खोला अहिले पनि ढलमय छ । सेनादेखि लिएर मुख्यसचिव र स्थानीय बासिन्दाहरु हरेक हप्ताको शनिबार खोलाको बरिपरि जम्मा भए । अलिअलि फोहोर उठाउने काम पनि भयो । कति मान्छेहरुलाई खोलामा फोहोर फाल्न हुदैन् भनेर चेत पनि आइसकेको थियो । केही हदसम्म उपत्यकाका खोला हेर्न हुने भए । केही महिनासम्म खोला सफा गर्ने कामले निरन्तरता पायो । खोला सफा गर्ने भन्दै अर्बौं रुपैयँ सकाए । देशको बजेटले मात्र नपुगेर विदेशी दाताहरुसँग पनि सहयोग लिइयाे ।तर उपलिब्ध शून्य ।
विभिन्न संघसंस्थाले राम्रो काम हो भन्दै आर्थिक सहयोग गरे पनि उक्त सरसफाइ कार्यक्रमले गति लिन सकेन । सरकार र सर्वसाधारणको गैरजिम्मेवारपूर्ण काम र व्यवहारले गर्दा पनि आज खोलानालाको यस्तो हालत बन्यो ।
देशको राजधानीकाे सौन्दर्यतामाथि आँच आएको छ । उपत्यका देख्दै कुरुप र घिनलाग्दो बनेको छ । यस्ताे अवस्थामा पानीका स्रोत गुम्चौदै गएका छन् । पशु तथा चराहरुले पानी खान पाउने अवस्था छैन । खोलानाला सरकारको सम्पत्ति हो भने जनताको जीवन जिउने आधार पनि हो । भूमाफियाहरुले खोला मासेर घर बनाए ।
सरकारको कमीकमजोरी र जनताको लापरबाही अरू के नै चाहिएला, लाजिम्पाट उत्तर ढोकाबाट जयनेपाल हल हुँदै कमलादी बग्ने खोला, बागबजारको दुकुचा भृकृटीमण्डप हुँदै बग्थ्यो तर यी सब खोलाहरूको अहिले नामोनिसान छैन । यी सबै खोलाहरु मिचेर घर बनिसकेका छन् । खोलानाला नेपालीहरुको शान र सम्मान दुवै हो । पानीबिना कुनै पनि प्राणी बाँच्न सक्दैनन् तर पनि खोलानाला बचाउनका लागि किन उचित कदम चालिएन ?
अब सरकारको महत्वपूर्ण जिम्मेवारी भनेकाे भएका खोलानालाको संरक्षण गर्नु हो । खोलानाला मासेर जथाभावी घर बनाउन दिदाँ त्यही खोलाले ठुलो क्षति पुप्याउने अवस्था छ ।खोलानाला मासेर घर बनाउनेहरुको स्थिति हामीले नै देखेका छौ । ठूलो वर्षा आँउदा घर बगाएर लान पनि बेर लगाउँदैन । पानी जाने ठाउँ नभएपछि खोला मानवीय बस्तीमा पस्छ । खोला, कुवा, पार्टीपौवा राजनितिक आडबिना चलाउन सक्ने हिम्मत कसैमा हुन्न । राजनीतिक पार्टीका झोलेहरुले खोलानाला सिद्धयाउन सहयाेगी बने । देशको शानलाई मास्न खाेज्ने सत्यनाशीहरुलाई कानुनको दायरामा ल्याउनैपर्छ । उपत्यकाका खोलानाला संरक्षण नगर्ने हो भने भविष्यमा मानव बस्ती नै खतरामा पर्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार