नेताहरु गम्भीर नहुँदा परनिर्भरता बढ्दै
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २२:१८:४९
अनुसा थापा
नेपालमा हिन्दु धर्मावलम्बीहरुको राष्ट्र हो । यहाँ थुप्रै प्रसिद्ध मठमन्दिरहरु छन् । देशभर भनौं वा उपत्यकाभित्र भएका सार्वजनिक मठमन्दिरहरुमा भक्तजनहरु पूजा गर्न जाने गर्दछन् । आफ्नो इच्छा र गच्छ अनसारले भक्तजनहरुले भेटी चढाउँछन् । यस्ताे अवस्था भए पनि नेपालका मन्दिरहरूकाे व्यवस्थापन लथालिंगकाे अवस्थामा छ । मन्दिरहरूको स्रोतसाधनको व्यवस्थापन पनि सही रूपमा हुन सकेकाे छैन ।
मन्दिरमा भक्तजनले चढाएको भेटी सरकारले संकलन गरेको छ ? त्यो पैसा राज्यको ढुकुटीमा गएको छ ? एउटा मन्दिरमा दिनौ लाखौं भक्तजनहरुले पूजा गरेर चढाएकाे भेटी किन व्यवस्थापन गिरँदैन ? एक जनाले पाँच रुपिँयादेखि हजार रुपैयाँसम्म भेटी चढाउँछन् । मन्दिरमा जनताले चढाएको यत्रो पैसा कहाँ जान्छ ? पुजारीकाे कमाइ कि व्यक्तिको ? वा सिमितिकाे ?
सरकार यस्ताे क्षेत्रसँग पनि बेखबर छ । कुन मन्दिरमा कति भेटी संकलन भयो ? यसको तथ्यांक पनि सरकारले राखेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई पनि यसको वास्ता छैन । मन्दिरमा पूजा गर्न बसेका पुजारीहरुलाई पनि नेपाल सरकारले राजनीतिक भागबण्डामा नियुक्ति हुन थालेकाे छ । मन्दिरमा पूजा गर्ने पुजारी राजनीतिक पार्टीका सदस्य छन् । तिनले पार्टीलाई चन्दासमेत दिने गरेको छन् ।
नेपालको धर्म र धार्मिक संस्थाप्रति सरकारको एकातिर बेवास्ता छ अर्कातिर कमजोर आन्तरिक राजनीतिका कारण विदेशी हस्तक्षेप पनि बढिरहेको छ । अझ भारतको हस्तक्षेप प्रत्यक्ष देखिँदै आएको छ । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिको पुजारीलाई चलाउँदा र सरकारी कर्मचारी एकजनालाई पदबाट हटाउँदा भारतले उनलाई प्रधानमन्त्रीबाट हटायो । नेपालको राजनीति नेपाली जनताको हातमा छैन । राजनीतिक दलले पनि नेपालको राजनीति चलाउन पाएकाे अवस्था छैन । नेपालको राजनीतिको चाबी भारतको हातमा छ भनेर बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएको बेला बोलेका थिए ।
अहिले नेपालको आन्तरिक राजनीति गम्भीर नहुँदा विदेशी हस्तक्षेप त बढ्यो नै अझ उद्योगधन्धाको विकास तथा कृषि क्षेत्रको विकास हुन सकेको छैन । यसले नेपालको अर्थतन्त्रमा गम्भीर असर पदै गएको छ । यसले नेपाललाई परनिर्भर बनाउँदै लगेको छ । अहिले दिनहुँ प्रयोग हुने हरियो तरकारीसमेत भारतबाट आयात हुन्छ ।
आएका सांसदले नेपालको संविधान बनाउदा भारतले नेपालमा नाकाबन्दी लगायाे । आफ्नो चाहनाअनुसार नेपालको संविधान नबन्दा भारतले नाकाबन्दी लगाएकाे हाे । भारतले नेपालको नाकाबन्दी गर्दा नेपाली जनताले दुःख पाए । त्यही भारतको विरोध गरेर केपी ओली प्रधानमन्त्री बने । आफू प्रधानमन्त्री बने तर जनता र राष्ट्र्को लागि केही गरेनन् । जनतालाई झूठो आश्वासन दिएर ओली सत्तामा पुगे । अब आउने चुनावमा ओलीले कसको विरोध गर्ने हुन् ? अरू नेताले कसकाे गुणागान गर्ने हुन् ? भन्न सकिने अवस्था छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार