टी-२० विश्वकपः १८ वर्षपछि न्युजिल्याण्डलाई हराउला त भारत ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २०:५:२८
१४ कार्तिक, काठमाडौं । टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७ः४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।
त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ । भारतले सन् २००३ यता न्युजिल्याण्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।
पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्याण्डले जितेको छ ।
पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो ।
भारतका लागि हार्दिक पाण्ड्या फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ ।
न्युजिल्याण्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
भारत भर्सेस न्युजिल्यान्ड: रेकर्ड र हेड टु हेड
१.भारत र न्युजिल्याण्डबीच हालसम्म कुल १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै टोलीले ८-८ खेल जितेका छन् ।
२. टी(२० विश्वकपमा न्युजिल्याण्ड भारतभन्दा अगाडि देखिन्छ। किवी टोलीले यस प्रतियोगितामा भारतलाई दुई पटक पराजित गरेको छ ।
३. रोहित शर्माले न्युजिल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा बढी ३३८ रन बनाएका छन् ।
४. कप्तान केन विलियम्सनले भारतविरुद्धको खेलमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी ३२५ रन बनाएका छन् ।
५. किवी टोलीबाट इश सोधीले भारतविरुद्धको टी-२० खेलमा १७ विकेट लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार