खोटाङमा कोरोना संक्रमित सङ्ख्या शून्य
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २०:६:५८
१४ कार्तिक, खोटाङ । दस स्थानीय तह रहेको जिल्लामा कोरोना संक्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना संक्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना संक्रमण मुक्त जिल्ला भएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष संक्रमित निको भएसँगै संक्रमित को सङ्ख्या शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। जिल्लामा कोरोना संक्रमितको सङ्ख्या शून्य भएसँगै दसवटै स्थानीय तहमा निर्माण गरिएको २३४ शय्याको संस्थागत आइसोलेसन खाली बनेको छ ।
जिल्लामा कोरोना संक्रमित नभएपछि स्थानीय तहहरुमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या न्यून देखिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
यसअघि जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीसँगै जिल्लाका सबै मठमन्दिर तथा हाटबजार खुला गरिएको थियो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिर खुला भएसँगै अहिले भक्तजन तथा पर्यटकको चहलपल सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यहाँ ५२ हजार ५२५ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी दसवटै स्थानीय तहमा खोप कार्यक्रम जारी राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार