प्रदेश १ का विपक्षी गठबन्धन एकै ठाउँमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ सोमबार ३:२०:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/gatbnadan-photo-e1635695457630_UpiFZIOFBQ.jpg)
१४ कार्तिक, विराटनगर । प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गरेर आचार्य नेतृत्वको सरकारलाई ढालेर गठबन्धनको सरकार बनाउने निष्कर्षमा उनीहरू पुगेका छन् ।
आज पाँच दलीय गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार बनाउने गठबन्धनका दलहरूको भनाइरहेको छ । विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । गठबन्धनमा मतभेद नभएकोले केन्द्रको निर्णय मान्नेसमेत उनले बताए ।
आधा कार्यकालको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा गठनबन्धनका दलहरू रहेका छन् ।
गत ७ गते हुने विश्वासको मत लिने बताए पनि कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न माग गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला भ्रमणमा आएको मौका छोपी कांग्रेसले देउवालाई चुनौती दिन बैठक सार्न निवेदन दिएको थियो ।
कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तर्विरोधले प्रदेश १ सभाको बैठक कार्तिक ७ गते सूचना टाँसेर कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२स्३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए ।
मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची तय गरिएको छ ।
मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।
९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १र१जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । राप्रपा भने कतै खुलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार