तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
कात्तिक १५, २०७८ सोमबार ११:१०:३१
वि.सं.२०७८ साल कार्तिक १५ गते । सोमबार । ईश्वी सन् २०२१ नोभेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– एकादशी, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर १६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ऐन्द्र, बेलुकी ०७ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण– बालव, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी ०९ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर १४ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २७ घडी ३८ पला ।
ष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धीत क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सवारी साधनको व्यापार व्यावसायमा अली बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अली बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समर्थन नपाईन सक्छ । तरपनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिनेछ
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- कुनैपनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । व्यावसायमा लगानी गर्दा तत्काल कुनै फाईदा नदेखिए पनि पछीको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैया पैसा माग्नेहरु आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । साझपख पारिवारिक माहोलमा दिन वित्नेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले मायाप्रेममा नजिक हुन सकिनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- मायाप्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- पढाईलेखाई बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । साझपख व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- आफ्नै बलबुताले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन सम्पती संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाईहरुबाट बधाईको ओईरो आउनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख समय मध्यमय रहेकोले आफन्त सँग बिवाद हुने योग रहेकोछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिनेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार