आङ सिरिङ हुने भीर, ज्यानको बाजी राखेर हिमालपारिको यात्रा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ सोमबार १९:४८:५
![](https://nepalbahas.prixacdn.net/media/albums/she-fosundo-rani_AixVROFtiw.jpg)
१५ कार्तिक, लमजुङ । बाँदर लड्ला जस्तो भिरको बीचमा बनाइएको सडकमाथि ठूला ठूला पहाड । तल मस्र्याङ्दी नदी । यी बीचमा ठूला चट्टान खोपेर बनाइएको साँघुरो सडक । आङ सिरिङ हुने भिर । यिनै भिर भएरै निर्माण गरिएको छ, हिमालपारीको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडक ।
साँघुरो कच्ची सडकमा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ । ठाउँ–ठाउँमा गएको पहिराेका कारण यात्रा झन कठिन बनेको छ । जोखिम मोलेरै लमजुङ मनाङ आवातजावत गर्न स्थानीयवासी बाध्य छन् । जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजना अनुरुप २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले निमार्ण सुरु गरेको थियो ।
सडक निर्माणको जिम्मा २०५७ सालदेखि नेपाली सेनाले पाएको हो । सेनाले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेला बेलामा पहिराका कारण सडक भतिकँदा यात्रुले ज्यानको बाजी राखेर हिमालपारीको यात्रा गर्दै आएका छन् । सहज रुपमा यात्रा गर्न सकिएको छैन । हालसम्म सडक व्यवस्थित र कालोपत्र हुनसकेको छैन् ।
मनाङका स्थानीयवासी आशिष परियारले भने, “यस सडक हुँदै यात्रा गर्दा घर फर्किन सकिन्छ की सकिन्न भनेर डर लागिरहन्छ ।” बाढीपहिराले बर्सेनि ठाउँ–ठाउँमा सडक छियाछिया बनाउदा जीर्ण बन्दै गएको छ । बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर छ । लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर लामो दूरीको सडकमा मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार २०० फिटमाथि हुँदै सवारीसाधान गुड्छन् । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराई मनाङ पुग्ने गर्दछन् ।
“विभिन्न ठाउँमा बेला–बेलामा पहिरो गइरहन्छ, पहिलाको भन्दा पनि बाटो बिग्रिदै गएको छ”, जीप चालक सोम मगरातिले भने, “कुन बेला के हुन्छ, हामी जस्ता सधैँ यही सडककमा सवारी गुडाउने चालकलाई डर रहन्छ ।” बेँसीशहर चामे सडक स्तरोन्नतिका लागि सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गर्ने गरेको छ । उपलब्धि भने बालुवामा पानी हाले जस्तो भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार