कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ मंगलबार १:८:१५
१५ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् ।
सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् । ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए ।
गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यस बेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदारी गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ । त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताए ।
कस्तो बन्ला भावी सरकार ?
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी सहभागी हुनेछन् ।
फ्लोर क्रस गरेर मन्त्री भएका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको छ । तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य देवी ओलीले बताइन् ।
कर्णाली प्रदेशमा हाल आठवटा मन्त्रालय रहेका छन् । आठवटामध्ये माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार