हिन्दु राष्ट्र्को मुद्दाले राजनीति तताउँदै, बन्ला त नेपाल हिन्दु राष्ट्र् ?
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
कात्तिक १६, २०७८ मंगलबार १५:१७:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_hh5z1uczsq.jpg)
नेपालमा संदीय लोकतन्त्रमै खतरा आउने हो कि भन्ने अवस्थामा धर्म राजनीतिले स्थान पाउने सम्भावना प्रवल देखिँदै छ । २०६२।०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र् बनाइयो । पछि संविधानसभाको निर्वाचनमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र् बनाउने कि हिन्दु राष्ट्र् भन्ने मुद्दा केही राजनीतिक दलले उठाए । तत्कालीन कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र् बनाउन एक भोट गाईलाई एक भोट दाइलाई भन्ने नारा नै उराल्यो । राप्रपाले समानुपातिकमा राम्रो भोट बटुल्न सफल भयो ।
अरु दलले यो मुद्दालाई उठाएनन् । सशक्त रुपमा संगठित बनेर आमजनताले यो मुद्दालाई राजनीतिक पार्टीलाई बाध्य पार्ने गरी उठाउन नसके पनि नेपाल धर्म निरपेक्ष नबनोस्, पुनः हिन्दु राष्ट्र् नै बनोस् भन्ने चाहना राखिरहे र राखेकै छन् । आमसर्वसाधारणको यही मनोविज्ञानलाई अबको राजनीतिमा उपयोग गर्ने प्रयास हुन थालेका छन् ।
पछिल्लो समय राप्रपाले हिन्दु राष्ट्र् र राजतन्त्रलाई मुख्य विषयका रुपमा लिएर अगाडि बढ्ने बताएको छ । राप्रपा अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाले यी दुई विषय जोडतोडका साथ उठाउने बताइरहेका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाललाई हिन्दु राष्ट्र् बनाउने भन्दै जनतासँग भोट मागेर समानुपातिकमा राम्रो परिणाम हात पारेका कमल थापाले सांसद छान्दा भने आर्थिक लाभ कमाउने धन्धामा व्यापक उपयोग गरेकाले पछि आमनिर्वाचनमा उनलाई जनताले पत्याएनन्, भोट दिएनन् ।
आमजनताले आफूहरु ठगिएको महसुस गरे । धर्मको विषयले त्यस्तो जनसमर्थन पाएको देखेकाले अन्य ठूला दलका नेतामा पनि बेलाबेलामा छट्पटी, उकुसमुकुस भएको देखिन्छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले समय समयमा नेपाल हिन्दु राष्ट्र् हुनुपर्छ, कांग्रेसले यो विषयलाई अगाडि लिएर जानुपर्छ भन्दै आएका छन् । संविधान निर्माणमन कांग्रेसको अगुवाइ र तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा धर्मनिरपेक्ष राष्ट्र् बनाइएकाले कांग्रेसले हिन्दु राष्ट्र्लाई मुख्य विषय बनाएर जनतामाझ जाने हिम्मत गर्न सकेको छैन । पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाँड निमित्त प्रधानमन्त्री बनेपछि एकाएक पशुपतिनाथ दर्शनमा निस्कनु र रामचन्द्र पौडेलको पशुपति भ्रमणले अबको स्थानीय निर्वाचन तथा प्रदेश र संघको निर्वाचनमा धर्मको विषयलाई कुनै न कुनै रुपमा उठाइने सम्भावना बढेर गएको भने देखिएको छ ।
कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक अभियानमा धर्मलाई कुनै न कुनै रुपमा जोडतोडका साथ उठाउने दाउ हेरिरहेका देखिन्छन् । उनले साबिक नेकपा छँदै आन्तरिक राजनीतिमा खटपट परेको समयमा ठोरीको अयोध्यापुरीमा राम जन्मेको भनेर जनमानसमा राजनीतिक तरंग ल्याउने प्रयास गरे । त्यहाँ राम मन्दिर बनाउन आवश्यक बजेट छुट्याए । पछि सीता, राम, लक्ष्मणसहितका मूर्ति बनाउन लगाएर तामझामका साथ अनावरण गराउन लगाए ।
उनले समय समयमा धार्मिक र सांस्कृतिक विषयलाई बढी महत्व दिएजस्तो गरी भाषण गर्ने गरेका छन् । उनको पार्टी एमालेका नेताहरुले भने धर्मको विषयलाई त्यति प्राथमिकतामा राखेको देखिएको छैन । एमाले अध्यक्ष केपी ओलीले मंसिरमा गरिने पार्टीको महाधिवेशन स्थल बुटवललाई तोकिसकेर पुनः चितवनमा सारे । उनले महाधिवेशन स्थलको अवलोकनमा निस्केर ठोरीको अयोध्यापुरीको समेत भ्रमण गर्ने कार्यक्रम बनाएका छन् । केपी ओलीले अब आउँदा निर्वाचनमा कमजोर पर्ने देखे भने धर्मराजनीतिलाई जोडतोडका साथ उठाउने निश्चित छ । यस्तो अवस्थामा अरु पार्टीहरुले पनि के गर्ने, कसो गर्ने भन्ने अवस्था आउने निश्चित छ ।
नेपाली कांग्रेसमा हिन्दु राष्ट्र्को विषयमा खुला छलफल हुन नसके पनि अधिकांश नेताहरु हिन्दु राष्ट्र् हुनुपर्ने विषयमा सकारात्मक छन् । ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको राष्ट्र्लाई धर्मनिरपेक्ष राष्ट्र बनाउँदा मुख्य तया क्रिश्चियन तथा इस्लाम धर्मावलम्बीहरु हिन्दुहरुलाई परास्त गरेको मानसिकता बनाएकाले पनि आमनेपालीले अप्ठ्यारो महसुस गर्न थालेका छन् । यस्तो अवस्थामा धर्मको विषय उठाउने राजनीतिक दलप्रति आमजनताको सहानुभूति हुने अवस्था आएको हो । तत्कालै हिन्दु राष्ट्र बन्न त कठिन छ तर राप्रपाजस्तो राजावादी दल तथा ओलीजस्ता संविधानविरोधी नेताले यसको लाभ लिने खतरा बढ्दै गएको छ । यस्तो अवस्थामा कांग्रेस गम्भीर हुनु अति आवश्यक छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार