कोभिड महामारीबाट मृत्यु हुनेकाे संख्या ५० लाख नाघ्यो
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १४:२२:३७
१६ कार्तिक, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् । करिव दुई वर्षअघि सर्वप्रथम चीनको वुहानबाट कोभिड संक्रमण फैलिएको थियो ।
कोभिड खोप बिकास भएपछि करोडौं मानिसहरुले खोप लगाएका छन् । तर, अझै पनि विश्वको ठूलो जनसंख्या खोपको पहुँचबाट टाढा छ । अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।
युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि बढेको छ । ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो अड्हानोम भेरब्रेइससले भने ।
रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ । २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ । मृत्युदर बढे पनि त्यहाँका नागरिक खोप लगाउन अनिच्छुक छन् । ५० प्रतिशतभन्दा बढी रसियालीले अझै खोप लगाएका छैनन् ।
सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ ।
युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ । ती दुबै देशमा औषतमा ५०० जनाको मृत्यु हुने गरेको छ ।यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औषतमा दैनिक एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार