मुक्तिनाथ विकास बैंकले गर्यो तीन वाणिज्य बैंकको भन्दा धेरै मुनाफा
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १७:५५:२८
१६ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुनाफा बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो। मुक्तिनाथ विकास बैंकले पहिलो त्रैमासमा तीन वाणिज्य बैंकको मुनाफालाई पछि पारेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
पहिलो त्रेमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै नेट फि कमिसन उल्लेख्य बढ्दा बैंकको नाफा बढ्न टेवा पुगेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.८३ प्रतिशत बढेर ८३ करोड ७६ लाख पुगेको छ भने सञ्चालन मुनाफा १७.४८ प्रतिशत बढेर ४९ करोड ३६ लाख पुगेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६१.०६ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १६.०२ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ११.८१ प्रतिशतले बढेको छ भने कर्जा १६।६६ प्रतिशतले मात्र बढेको छ।
बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार