ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्युटर हस्तान्तरण
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार २२:४२:४१
१६ कात्तिक, काठमाडौं । ज्योति विकास बैंकले श्री प्रगतिशील माध्यमिक विद्यालयलाई कम्युटर प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको ब्रान्डिङ एवं कर्पोरेट संचार विभागकी कोपीला चन्दले जानकारी दिएकी छिन् ।
विदुर ३, खड्गभन्ज्याङ, नुवाकोटमा रहेको उक्त विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले सो विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गरेका हुन् ।
बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सिपको विकास गर्न, विधार्थीहरुमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको जनाएको छ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार