काठमाडौं महानगरपालिकाको कर अब अनलाईनबाट नै तिर्न सकिने
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार २३:८:२५
१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको कर भुक्तानी अनलाईनमाध्यम कनेक्ट आईपीएस मार्फत तिर्न सकिने भएको छ । पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्न सकिने सुविधाको थालनी महानगरपालिकाले गरेको छ । स्थानिय सरकारको कर भुक्तानीसमेत अन्लाईनबाटै गराउने गरी महानगरपालिकाले सो कार्यको थालनी गरेको छ ।
यस सुविधाको लागी काठमाडौं महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको नेपाल क्लियरिङ हाउसकी बजार एवं जनसम्पर्क अधिकृत प्रिती झाले जानकारी दिइन् । ।
यस सुविधा सँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अन्लाईन भुक्तानीको लागी connectIPS e-Payment मार्फत भुक्तानी गर्न सक्नेछन् ।
यससंगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ । महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ ।
यसरी आवद्ध गरी सके पछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो User Name र Password प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नोे बैंक खाताबाट connectIPS मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।
connectIPS e-Payment प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, लगायत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार