तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार १०:५६:२
वि.सं.२०७८ साल कार्तिक १७ गते । बुधबार । ईश्वी सन् २०२१ नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– त्रयोदशी, बिहान ०७ बजेर १३ मिनेट उप्रान्त चतुर्दशी,रातको ०५ बजेर ३२ मिनेट उप्रान्त औशीं । नक्षत्र–हस्त, बिहान ०९ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग–विष्कुम्भ, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त प्रिती । करण– वणिज, बिहान ०७ बजेर १३ मिनेट उप्रान्त भद्रा, बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या, बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २७ घडी ३० पला । कागतिहार,काकबलि,स्वन्तिचस्ह्रेपूजा,नरकचतुर्दशी,कुकुरतिहार, रात्रिको अन्त्य बिहानीपख तेललगाएर स्नानगर्ने ।
ष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- अन्य क्षेत्रमा व्यास्त हुदा पढाईलेखाईमा तपाईको नाम अरुभन्दा पछी आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पती तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानी गरेपनी प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- सवारीसाधनको व्यापार व्यावसायमा अली बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अली बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समर्थन नपाईन सक्छ । तरपनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यावसाय फस्टाएर जानेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडी बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाईलेखाईमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- सरकारी तथा पैत्रिक धन तथा सम्पती प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धी मुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दी आउनेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ ।तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार