राजनीतिक पार्टीहरु देश विकासमा चुक्दै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार २०:४७:३०
नेपाली राजनीतिलाई नियालेर हेर्ने हो भने नेपालका कुनै पार्टीहरुले सही दिशाबोध गरेको पाइँदैन । राजनीतिक पार्टीहरुकै कमजोरीका कारण देशले विकासमा लय लिन नसकेको हो । उनीहरुले न विकासका स्पष्ट मोडल बनाउन सकेका छन् न बनाएका योजना कार्यान्वयन गर्न सकेका छन् । यसले विकासको गति त्यसै धर्माउँदै गएको छ । ठूला राजनीतिक पार्टीहरुले विकासमा जुन स्पष्ट बाटो कोर्नुपर्ने हो त्यसमा चुक्दै आएका छन् ।
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसले खेलेको महत्वपूर्ण भूमिका नेपाली जनतालाई विदितै छ । यति हुँदा हुँदै पनि पछिल्लो समय नेपाली कांग्रेसले लोकतन्त्रिक पद्धतिको रक्षा गर्न चुक्दै गएको हो कि भन्ने अवस्था आएको छ । कांग्रेसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पनि कायम गर्न सकेको छैन । अहिले कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा नभएर गुटगत प्रतिस्पर्धाले समग्र पार्टी पंक्ति नै आक्रान्त छ । त्यसले निम्ताएको परिणामको पार्टीले लेखाजोखा गरेको भने पाइँदैन । पार्टी संरचना निमार्णमा कसको कति योगदान छ मूल्यांकन गर्ने परिपाटी पटक्कै छैन । नेताहरु खाली गफ लडाउँदै हिँड्ने, चाकडी , चाप्लुसी, नातावाद र कृपावादमा सीमित रहेको पाइन्छ ।
नेकपा एमाले, माओवादी, नेकपा एस, राप्रपा, सबै पार्टीको गतिविधि केबल अनुहार प्रदर्शनमा केन्द्रित रहेका छन् । पहिले आर्थिक रुपमा कमजोर र सामान्य जीवन जिउने नेताहरुको अहिले आर्थिक हैसियत परिवर्तन भएको छ । उनीहरुका काठमाडौंमा आलिसान घर छन्, चिल्ला गाडी छन् । छोराछोरी महँगा विद्याय तथा कलेजमा पढाएका छन् तर जनताको जीवनस्तर झन् झन् गिर्दै गएको छ । पार्टीका नेताहरु काम के हो ? पेशा व्यवशाय के हो ? कहाँबाट चिल्ला गाडी चढने सम्पति आर्जन भयो ? छोराछोरी विदेशी विश्वविद्यालयमा के खर्चले अध्ययन गरेका छन ? यावत प्रश्नहरुको उत्तर कतैबाट पनि आउँदैन । नेपाली जनताले यी कुरा हेरेर बसिरहेका छन् ।
राजनीति समाज रुपान्तरणका लागि हुन पर्नेमा केवल शक्ति आर्जन गर्ने माध्यमका लागि भएको मात्र पाइयो । शक्ति आर्जन केका लागि भन्दा अन्तत्वगत्वा समाजमा रोबरवाफ देखाउने माध्यम भयो । पैसा के का लागि भन्दा गरिब जनतालाई आश्वासन बाढने भोट बटुल्नका लागि मात्रै भएको पाइयो । राजनीतिमा सेवाभाव हराँउदै गएको छ ।
अब नेपालमा युवाहरुले राजनीतिक दलका गतिविधिहरु, पार्टी कार्यकर्ताका गतिविधिहरुलाई गम्भीर रुपमा नियालेर हेर्ने, प्रश्न उठाउने र चनाखो बन्नुपर्ने अवस्था आएको छ। राजनीतिको विक्रित अवस्थाका कारण राजनीतिकको आडमा काम नगरी खाने प्रवृत्ति हावी भएको छ । समाजमा लुट, चोरी, डकैती, हत्या , हिंसा अप्रक्ष्यक्ष अप्रत्यक्षरुपमा राजनीतिक संलग्नतामा हुने गरेका छन । देशको अर्थतन्त्र भने युवाको विदेश पलायनबाट नै धानिएको छ।
राजनीतिमा अस्वस्थ्य प्रतिस्पर्धा भएको पाइन्छ । वैचारिक छलफल नभई महाधिवेशन हुने गर्दछ । आलोचनात्मक चेत सबै कार्यकर्तामा छ तथापि व्यक्त गरेको पाँइदैन । पार्टीमा रहेका यस्ता गलत प्रवृतिलाई तल्लोस्तरबाटै रोक्न जरुरी छ । नेता आउँदा कार्यकर्ता देखाउने प्रवृतिले पनि गलत संस्कृतको विकास गरेको छ ।
नेपालमा विकास भएको संस्कृति भनेको भाषण गर्ने संस्कृति हो । वैचारिक बहसभन्दा पनि अर्कोलाई तल्लोस्तरको गालीगलौज ग रेर नेता बन्ने खराब परिपाटी विकसित भएको छ। स्व च्छ प्रतिस्पर्धा भएन भने वैचारिक विचलन आउँछ । अहिले नेताहरुमा वैचारिक विचलन आएउँदै गएको छ।अहिले गाउँगाउँमा नेता जाँदा मेलापातो छोडेर नेताको पछि लागेको अवस्था छ । यस्तो चाकरीबाजले गर्दा समाजमा जनताले दुःख दुख पाइरहेका छन्
।
नेपाली जनता राजनीतिको गलत पक्षका कारण निराशामा छन । नेपालमा विकासको वाधक नेपाली जनता नभएर यहाँका नेता , नेतृत्व, गर्ने शक्तिहरु देखिएका छन्। नेता बन्नका लागि योग्यता भनेकै ढाँट, छलकपट, भष्ट्रचार , अनैतिकता , व्यभिचारी भएको छ यस्ता पात्र र प्रवृतिलाई समाजबाट रोकेर सभ्य असल नैतिक , चरित्रवान लाई नेतृत्वमा पुर्याउनु पर्दछ ।
राजनीतिक क्षेत्र योजना, लक्ष्य, उदेश्यसहित स्पष्टरुपमा अगाडि बढेमा आगामी दिनमा नेपाली जनताले साथ सहयोग अवश्य गर्ने छन । वैचारिक अभियानको शिलशिलामा चाहे जहाँसुकै विचारप्रवाह गरोस् उसको मूल्यांकन गर्न पर्दछ । असल नेतृत्वको खोजीमा नेपाली जनता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार