पोखरा म्याराथन विजेताले चार लाख पाउने
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार १८:५१:२६
१७ कार्तिक, काठमाडौ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ । आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको प्रतियोगिता ७ फागुनमा गर्ने बताएको हो ।
यसपटक आयोजकले पुरस्कार राशिमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागी हुने धावकहरूलाई थप आकर्षण दिने प्रयास गरेको बताउँदै पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।
१६औं संस्करणको पुरुष विजेताले चार लाख पाउनेछन् । खुल्ला ४१ दशमलब १९५ किलोमिटरको म्याराथनमा दोस्रो हुनेले दुई लाख पाउँदा तेस्रो हुनेले एक लाख पाउने जनाइएको छ । यस्तै चौथो हुनेले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
फुल म्याराथन पुरुषतर्फ मात्रै आयोजना हुनेछ भने महिलाको हाफ म्याराथन हुनेछ । यस विधाको विजेताले एक लाख पाउँदा दोस्रोले ७५ हजार पाउनेछन् भने तेस्रो हुनेले ५० पाउँदा चौथोले १५ हजार पाउनेछन् ।
आयोजकको दाबीअनुसार यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासकै पहिलो सर्वाधिक नगद हो । प्रतियोगितामा फुल म्याराथन र हाफ म्याराथनसँगै १० किलोमिटर पुरुष तथा महिला, पाँच किलोमिटर छात्रा छात्र, ह्विलचियर तथा दृष्टिविहीन पुरस्कार राशिमा समेत केही वृद्धि गरिएको छ ।
आयोजकले १६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित गर्न २१ वटा उपसमिति गठन गरिएको बताएको छ ।
यस्तै आयोजकले आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता गराउने योजनासँगै पुरस्कार प्रथम राशि १० लाख पुर्याउने लक्ष्यका साथ अघि बढेका बताएको छ । यस संस्करणको प्रतियोगिताको अनुमानित कुल खर्च ९३ लाख रहेको र आम्दानी एक करोड पाँच लाख हुनेसमेत आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार