अमेरिकामा पूरै छायांकन भएको ‘ओभर डोज’ मंसिरमा रिलिज हुँदै
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार १९:२५:१६
१७ कार्तिक, काठमाडौं । नयाँ नेपाली फिल्म ‘ओभर डोज’ को प्रदर्शन मिति तय गरिएको छ । फस्टलुकअन्तर्गत पोष्टर सार्वजनिक गर्दै तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको रिलिज आगामी १७ मंसिर हुने घोषणा गरेको हो । अमेरिकामै सम्पूर्ण छायांकन भएको फिल्मलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिले संयुक्त ब्यानरमा निर्माण गरेका हुन् ।
रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले फिल्म अब विस्तारै घोषणा गर्ने बताए । ‘हामीले ओभर डोज घोषणा गरेका छौं, यसअघि चिसो मान्छे घोषणा भइसकेको छ । अब छिटै अन्य फिल्म पनि घोषणा गर्ने छौँ’, करणले भने । उनले अन्य फिल्मसँग नाजुधने गरी सेड्युल मिलाएर मात्र फिल्म घोषणा गर्ने बताए ।
प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्मलाई सुमन पौडेलले निर्देशन गरेका हुन् । यसमा प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका छ।
फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पंजियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि।जि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार