सांग्रिला डेभलपमेन्ट बैंकको सभाले पारित गर्यो लाभांश प्रस्ताव
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार २१:४६:३०
१७ कार्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकको कार्तिक १६ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, आफ्नो सत्रौं वार्षिक साधारण सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न भएको थियो ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रूपैयाँको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम एक करोड ४४लाख पाँच हजार ११८ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
यसका साथै सो सभाले आ.व. ०७७/७८ को वित्तीय विवरण पारित गरेको छ । बैंकको मुलुकभर १०१ शाखा कार्यालयहरु तथा ३१ एटिएम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार