तत्कालीन कर्णाली युरोपभन्दा धनी थियो : अध्यक्ष न्यौपाने
नेपालबहस संवाददाता
कात्तिक १८, २०७८ बिहिबार १५:४५:२७
१८ कार्तिक, कर्णाली । कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताएका छन् ।
तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली र धनी राज्य भएको बताए । “यो जति समय चल्यो शक्तिशाली राज्य नै थियो । यो पूर्वकाठमाडौं त्रिशूली नदी, उत्तरमा मानसरोवर, पश्चिममा लद्दाख र दक्षिणमा वाराणसीसम्म फैलिएको थियो”, उनले भने ।
मुलुकमा सबैभन्दा राम्रो भाषा खस भएको दाबी गर्दै अध्यक्ष न्यौपानेले आज पूर्वका मान्छे कर्णालीवासीलाई खस भनेर सम्बोधन गर्ने गरेको जनाए । तत्कालीन समयमा कर्णालीले काठमाडौंलाई पनि आफ्नो काबुमा राख्ने गरेको इतिहास उल्लेख गरेको उनले भने, “उतिबेला जुम्लाको कला, संस्कृति, साहित्य र वास्तुकला काठमाडौंले सिक्ने गर्दथ्यो तर विसं १८४६ मा गोर्खालीले सिञ्जा राज्यमाथि गरेको आक्रमणले आज कर्णाली निकै पछि परेको छ ।”
उनले विश्वका चार सभ्यतामध्ये कर्णाली सभ्यता पनि एक भएको जनाए । संसारको सबैभन्दा शक्तिशाली खस साम्राज्य कर्णाली हो । बाह्रौँ शताब्दीतिर युरोपभन्दा धनी कर्णाली खस सम्राज्यले देशलाई भाषा, संस्कृति र सभ्यता छोडेको उनको भनाइ थियो । उनले भने, “त्यो बेलाको शक्तिशाली कर्णाली खस राज्यले ८०० वर्ष शासन सञ्चालन गरेको थियो । यसले तिब्बतलाई सिक्का बनाउन सिकाउने गर्दथ्यो । कर्णालीको आफ्नै भाषा संस्कृति थियो र अहिले यो मुलुकभरि नै फैलिएको छ ।” उनका अनुसार हिजोको दिने कर्णालीलाई राज्यको विभेदकारी नीति र व्यवहारका कारण आज माग्ने जस्तो बनाइएको छ ।
विशेषगरी लाम्रा संवाद दोस्रो संस्करणले तत्कालीन कर्णाली खस राज्य, सिञ्जा सभ्यतादेखिका ओझेलमा परेको संस्कृति, सभ्यता, संस्कार, वेषभूषा, रहनसहन, जीवनशैली र अभ्यासको खोज अनुसन्धान, अन्वेषण, उत्खनन, सम्वद्र्धन र संरक्षणमा सघाउने उनको भनाइ थियो ।
संवाद सञ्चालन समितिका संयोजक गुरुप्रसाद चौलागाईले कार्यक्रममा विचारको बहस तथा मन्थनअन्तर्गत ‘विद्धत प्रवचन’, ‘हाम्मा नेता, हाम्मो नीति’, ‘सभ्यताको साइनो, आखरको अलङ्कार’, ‘झरोबाट झलमल्ल गाउँ कसरी ?’, ‘कोरोना कैठ र कथाहरु’ र ‘भुसको आगो’ लगायतका विषयमाथि व्यापक छलफल भएको जानकारी दिए ।
उहाँका अनुसार आजको सत्रमा सांस्कृतिक सम्वद्र्धनअन्तर्गत ‘दमाहाको रन्को’, ‘मागलको गुञ्जन’, ‘नाचको छमछम’, ‘स्वरको सङ्गम’ र ‘देउडाको घन्को’ शीर्षकमा बहस संवाद हुनेछ । आयोजक समितिका सदस्य लालप्रसाद चौलागाईंका अनुसार कार्यक्रममा मष्टो प्रथाअन्तर्गत चरण, धारु, ढाल, बालो नाच देखाइने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार