सरकार र यातायात व्यवसायीका कारण जनता कहिलेसम्म ठगिरहने, ज्यान गुमाउनुपर्ने ?
नेपालबहस संवाददाता
कात्तिक १९, २०७८ शनिबार २:३३:१
अनुसा थापा
काठ्माडौंमा देशको राजधानी शहर जहाँ ठूला जनसंख्या बसोबास गर्छ। आफ्ना विभिन्न आवश्यकता पूरा गर्न नागरिकहरु आफ्नो गाँउठाँउ छाडेर राजधानी बस्ने गरेका छन् । पढ्नको लागि विद्यार्थी र उपचारका लागि वृद्धवृद्धा पनि काठ्माडौं नै बस्न बाध्य छन् । व्यापार ।व्यवसायका लागि पनि उपत्यका उत्तम हुने नै भयो । रोजगारीका लागि पनि काठमाडौं नै मुख्य गन्तव्य बनेर्क छ । यी सबै कारणले अधिकांशको रोजाइको क्षेत्र काठ्माडौं नै बन्न गएको हो ।
दसैंमा ठूलो मात्रामा काठमाडां बस्नेहरु काठमाडौंबाहिर गए, तिहार मान्न पनि उपत्यकाबट गाँउघर जानेको संख्या ह्वात्तै बढ्यो । कंलकीबाट विभिन्न जिल्लामा जाने गाडीहरु भरिभराउ भएर ताँती लागेर निस्कृ । गाडी नपाएर गाडी कुरेर बसेको यात्रुहरु पनि प्रशस्तै देखिन्छ । पछिल्लो समयको मूल्यवृद्धिका कारण सर्वसाधारण ठूलो मारमा परे कंलकीबाट बुटवल जान जम्बो हायसको पोहोरको भाडा सात सय रुपैयाँ रहेकोमा अहिले त बाह्र सय भएको छ ।
त्यस्तै, कंलकीबाट पोखरा जान लागेकी सानमैया कुँवरले भाडाको गाडी नपाएर हरियो प्लेटको पर्यटक बसमा पोखरा गएको त हजार रुपैयाँ तिर्नुपरेको गुनासो गरिन् । धेरै दिदीबहिनी बालबच्चा र झोला च्यापेर गाडी कुरिरहेको अवस्था देखियो । कलंकीबाट पोखरासम्म यात्रा गर्दा सरकारले तोकेको भाडा ४ सय ९५ हो जुन कालो प्लेट बसमा लागू हुन्छ । हरियो प्लेटको पर्यटक बसले नेपाली बोक्न पाउँदैनन् ।
पर्यटक बोक्न भनेर ल्याइएका गाडी सबै भन्सार र भ्याट छुटका हुन् । यी गाडीहरुले नेपाली नागरिक बोकेर पैसा लिन पाउँदैनन् । यसलाई गैरकानुनी मानिन्छ । त्यस्तै, टाटासुमोमा बल्खुबाट हेटौंडा जान लागेका यात्रुहरुलेटिकट काउन्टरमा गुनासो थियो, सरकारले तोकेको भाडा ४ सय ६५ रुपैयाँ भए पनि टिकट काट्ने काउन्टरमा ९ सय रुपैयाँ लिइएको थियो ।
सरकारले यिनीहरुलाई छाडा छाडेको छ अनि ठगिहाल्छन् नि, एक जना टिकट काट्न आएका व्यक्तिले भने । गाडी पनि छैन, टिकट पनि पाइएन, अब कसरी घर जाने होला भन्ने चिन्ताले धेरै सर्वसाधारणलाई पिरोलिरहेको थियो । महँगो भाडा तिर्न सक्नेले टिकट पाउने रहेछन् भन्दै धेरै सर्वसाधारणले दुःखेसो पोखिरहेका थिए । फितलो अनुगमनका कारण पनि जनता ठगिनुपरेको यात्रुहरुको गुनासो छ ।
कोटेश्वरबाट काभ्रेको तामाघाट जान लागेका कृष्ण महतका अनुसार सरकारले तोकेको १ सय ५० रुपैयाँ हो तर अहिले ३ सय रुपैयाँ तिरेर घर जान लागेको उनले बताए । उनले भने, म सामाखुसी बस्छु । सामाखुसीबाट जडीबुटी आएको ट्याक्सीले हजार रुपैयाँ लियो । के गर्ने यातायात क्षेत्रमा यत्रो लुट छ, सरकारलाई मतलब नै छैन, उनले भने । सामाखुसीबाट जडीबुटी बढीमा सात किमि होला तर सरकारले निर्धारण गरेको भाडा नभएर ट्याक्सी व्यवसायीले आफ्नो मनोमानी भाडा असुले ।
ट्याक्सी चढ्नेबित्तकै १४ रुपैयाँ तिर्नुपर्छ भने सरकारले तोकेअनुसार प्रत्येक किमि ३९ रुपैयाँ हो । दसं, तिहार लागेसँगै ट्याक्सीको ठगीधन्दा झन मौलाउँदो छ । धेरै सर्वसाधारण ट्याक्सी चढेर किनमेलमा जाने भएकाले ट्याक्सी मिटरमा हिड्न मान्दैन । दशैं मान्न कति जनता घर जान्छन् त्यसको आधा तिहारमा जान्छन् । दशैमा घर जान नपाएकाहरु तिहारमा आफ्नो जन्मथलो फर्किन्छन् । गृह मन्त्रालय र ट्राफिक महाशाखाको कमीकमजोरीले दर्संको अवधिभर १६५ जना सवारी साधन दुर्घटनामा परेर अकालमा ज्यान गुमाए । धर्। ठूलो संख्यामा घाइते भए ।
यातायात व्यवसायीले बीस वर्ष नाघेका थोत्रा गाडी चलाउँदा र सिटभन्दा बढी यात्रु हाल्दा यति धेरै मान्छे मरे । यातायात व्यवसायीले सरकारले बनाएको ऐनकानुन नमान्दा र आफ्नो कमाउधन्दा मात्र हेर्दा हरेक वर्ष सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । गृह मन्त्रालयले गाडीको कागजपत्र चेकजाँच गरेन । ट्राफिक महाशाखाले पनि सिटभन्दा बढी यात्रु हाल्नेलाई कारबाही गरेन । यो जनसस्थ्यप्रतिको सरकारको ठूलो बृवास्ता हो ।सरकार, यातायात व्यवसायी यात्रुप्रति जिम्मेवार नहुँदासम्म यो अवस्था रोकिने सम्भावनै छैन।
सवारी साधन दुर्घटनामा परेर दैनिक ११ जनाले ज्यान गुमाउनु सामान्य होइन । एकैठाँउमा ३२ जनाले ज्यान गुमाएका घटनाहरु पनि हाम्रै आँखा अगाडि छन् । यस्तो भयावह अवस्थाप्रति सरकार र यातायात व्यवसायीले किन वास्ता नगरेका होलान् ? गम्भीर प्रश्न उठिरहेको छ ।
बढ्दै गएको दुर्घटना न्यूनीकरणका लागि रकारका सम्बन्धित निकायले कुनै ठोस कदम चालेको देखिदैन । यस्तो हुनुमा यातायात व्यवसायीको चरम लापरबाही त हो नै सरकारी निकायहरुका कर्मचारी आर्थिक लेनदेनमा भुलेको आशंका गर्न सकिन्छ । छ । यो मानवीय अपराध नै हो । न् ।
यातायात व्यवस्था विभागका डीजी नवराज घिमिरेले भने, सिण्डिकेट हटाउन खोज्दा र जनतालाई सेवा दिन खोज्दा यातायात व्यवसायी मन्त्रीकोमा पुगिहाल्छन् ।
भ्रष्ट्राचारीहरुले राज गरेको देशमा विकास र सुधारको कल्पना गर्न सकिन्न । यातायात क्षेत्रमा भएको एकाधिकार नतोडिएसम्म जनताले पैसा तिरेर पनि सेवासुविधा पाउने छैन्न् । न जनताले भनेको बेला सुविधाजनक गाडी पाउँछन् न राज्यले राजस्व नै । देशको यातायात क्षेत्र यसरी नै रहिरहने भने सरकार रयातायात व्यवसायीका कारण जनता मरिदिनुपर्ने स्थितिको अन्त्य हुनेछैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार