गरिमा विकास बैंकको मुनाफा उच्च दरले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७८ बिहिबार १९:५३:३०
१८ कार्तिक, काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ मुनाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १२७.०५ प्रतिशतले बढेको हो । खुद ब्याज आम्दानी ५१.५८ प्रतिशतले मात्र बढेपनि सञ्चालन मुनाफा १२६.९५ प्रतिशतले सुधार भएपछि मुनाफामा आकर्षक वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।
यता, पहिलो त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४ पैसाले बढेर वार्षिक २० रुपैयाँ ७ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।
बैंकको रिजर्भ कोष पनि ५१.२७ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ नाघेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गरेर कात्तिक २८ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार