तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
कात्तिक १९, २०७८ शुक्रबार १२:११:६
वि.सं.२०७८ साल कार्तिक १९ गते । शुक्रबार । ईश्वी सन् २०२१ नोभेम्बर ०५ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि– प्रतिपदा, रातको ०१ बजेर २१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–स्वाती, बिहान ०६ बजेर ५५ मिनेट उप्रान्त विशाखा । योग– आयुष्मान, बिहान ०९ बजेर ५१ मिनेट उप्रान्त सौभाग्य । करण–किंष्तुध्न, दिउसो ०२ बजेर २६ मिनेट उप्रान्त बव, रातको ०१ बजेर २१ मिनेट उप्रान्त बावल । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २३ पला । गाईगोरुपूजा,गोबलिपूजा,हलितिहार,म्हपूजा,गोवर्द्धनपूजा,ने.स.११४२ प्रारम्भ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवनशैलि विलाशी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पती तथा स्थाई सम्पती जोड्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशि रहनेछ । पढाईलेखाईमा राम्रो नतिजा ल्याउदै अगी बढ्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । मायाप्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो नाँफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सरकारी तथा पैत्रिक धन तथा सम्पती प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धी मुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार