युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ : डब्लुएचओ
नेपालबहस संवाददाता
कात्तिक १९, २०७८ शनिबार ३:४:३१
१९ कार्तिक, काठमाडौं । आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ।
पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोना भाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले कोभिडको जोखिम उस्तै रहेको र मृतक संख्या अझै बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। युरोपमा खोप कार्यक्रम सबैको पहुँचमा नपुगेकाले यस्तो जोखिम कायम रहेको उनको तर्क थियो।
‘अझै हामीले सतर्कता अपनाउन सक्छौं। खोप सबैले लगाउनुपर्छ र त्यसका लागि सबै मुलुकले आवश्यक व्यवस्था मिलाउनुपर्छ। सुरक्षा सतर्कताका अन्य उपाय पनि अपनाउनुपर्छ,’ हान्सले भने। पछिल्लो समय युरोपमा खोप लगाउने दर घटेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। अझै पनि युरोपका धेरै मानिस खोप लगाउन अनिच्छुक रहेकाले तिनीहरुलाई कसरी खोप दिलाउने भन्ने चुनौती रहेको छ।
डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार फ्रान्समा ६८ प्रतिशत, जर्मनीमा ६६ प्रतिशत, स्पेनमा ८० प्रतिशत र रुसमा ३२ प्रतिशत मात्र व्यक्तिले खोप लगाएका छन्। अहिलेसम्म युरोपेली क्षेत्रमा कोरोना भाइरस संक्रमणले १४ लाख मानिसको ज्यान गइसकेको डब्लुएचओले जानकारी दिएको छ।
केही महिनायता युरोपमा कोभिडविरुद्घको सुरक्षा सतर्कता खुकुलो बनाएसँगै संक्रमण बढेको डब्लुएचओको ठहर छ। अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुपने डब्लुएचओको सुझाव छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार