सिन्धुलीगढी युद्ध संग्रालयमा आन्तरिक पर्यटकको आकर्षण
नेपालबहस संवाददाता
कात्तिक २०, २०७८ आइतबार ०:६:१
२० कार्तिक, सिन्धुली । सिन्धुलीगढी युद्ध संग्रालयमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । चाडपर्वमा सिन्धुलीगढी युद्ध संग्रालय अवलोकन गर्नेको भिड लागेको छ । दशैंको पहिलो दिन घटस्थापनादेखि अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म मात्र चार हजारभन्दा बढी पर्यटकले युद्ध संग्रालय अवलोकन गरेका छन् । जसबाट लगभग साढे चार लाख रकम संकलन भएको छ ।
कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी युद्ध संग्रालयमा अवलोकन गर्ने पर्यटकको संख्या यो अहिलेसम्मकै उच्च रहेको कमलामाई नगरपालिका सूचना अधिकारी निर्मल लामाले बताए ।
‘अहिले युद्ध संग्रालय अवलोक गर्नेको संख्या बढेको छ । नेपालीहरूले अँग्रेज फौजलाई कसरी हराए, कसरी नेपालीले विजयी प्राप्त गरे भन्ने उत्सुकताले पनि धेरै नागरिक युद्ध संग्रालय अवलोकन गर्न आउँछन्’, लामाले भने । चाडपर्व मनाउन विपी राजमार्ग हुँदै आउने र जानेले पनि सिन्धुलीगढी अवलोकन गर्ने भएकाले अहिले भिड बढेको उनको भनाइ छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नका लागि महत्वपूर्ण स्थल भएको छ ।
वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षणको केन्द्र बनेको लामाले बताए ।
संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरूको नामांकन गरिएको छ भने छ हजार २८१ स्क्वायर फिटको संग्राहलयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू सबैजसो राखिएको छ । संग्रहालय भित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सामाग्री राखिएको छ ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २७६ वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरू गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए ।
ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको थियो ।
नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजित छ । जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा दुईवटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको हो ।
गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले सन् १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए ।
सिन्धुली गढीमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेको इतिहासमा उल्लेख छ ।
१९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्नेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरू भएकोमा पछि गढीका कर्नेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ ।
सिन्धुलीगढी युद्ध संग्रालयमा शनिबार आज पनि तिहारको अवसर पारेर घुम्न गएक आन्तरिक पर्यटक बिदाको दिन भएकाले अवलोकन गर्न नपाउदा भने चाडपर्वको बेला पनि स्रग्रालय खुलाउनु पर्नेमा जोड दिएका छन् ।
सिन्धुलीको रातामाटाबाट तिहारको भाइटिका लगाएर घुम्न आएका समिर तामाङ स्रग्रालय बन्द भएकोमा भन्छन्, “विशेष दिन पारेर घुम्न आएको बन्द रैछ स्रग्रालय ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार