सिमकोटमा प्लास्टिकका मालाले बजार भरिभराउ
नेपालबहस संवाददाता
कात्तिक २०, २०७८ आइतबार ०:२१:४५
२० कार्तिक, सिमकोट । नेपालीहरूको महान् चाड तिहारमा हुम्ला सदरमुकाम सिमकोटमा कृत्रिम प्लास्टिक मालाको वर्चस्व देखिएको छ ।
तिहारका अवसरमा किनमेल गर्नेको भीडले बजार चहलपहल बढेको थियो । तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि जिल्ला बाहिरबाट सिमकोट आउँदा चहलपहल बढेको हो ।
तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको सिमकोटमा स्थानीय प्रकाश रावतले बताए । जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुने भएकाले प्लास्टिकका मालाले बजार भरिभराउ बनेका हुन् ।
तिहारलाई लक्षित गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् । सिमकोट बजारका व्यवसायीले कृत्रिम मालाले पसल सजाएका छन् ।
जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् । तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम ५० देखि ३०० भन्दा माथिसम्म बिक्री गर्ने गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार