१५ विकास बैंकले गरे पहिलो त्रैमासमा करिब २ अर्ब मुनाफा, कुनको कति ?
नेपालबहस संवाददाता
कात्तिक २१, २०७८ आइतबार १६:१५:१०
२१ कार्तिक, काठमाडौं । काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत १५ विकास बैंकले चालु आर्तिक वर्षको पहिलो त्रैमासमो वित्तीय विवरण सार्वजनिक गरेका छन् । ओज मसान्तसम्म यी १५ बैंकले २ अर्ब बढि मुनाफा गरेका छन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार विकास बैंकहरुले त्रैमास सकिएको पहिलो महिनाभित्रमा सवित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।
सोहीअनुरुप १५ वटा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुले आफ्नो अपष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
हाल वित्तीय विवरण सार्वजनिक गर्ने विकास बैंकहरुमध्येमा सबैभन्दा बढि मुनाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकले असोज मसान्तसम्म ३४ करोड ५५ लाख मुनाफा गरेको छ ।
त्यस्तै,महालक्ष्मी विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा २३ करोड पाँच लाख ३४ हजार रुपैयाँ मुनाफा, ज्योति विकास बैंकले २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ मुनाफा, लुम्बिनी विकास बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ मुनाफा गरेको छ ।
यसैगरी गरिमा विकास बैंकले पनि पछिल्लो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ,, कामना सेवा बिकास बैंकले १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ४४ लाख ३१ हजार रुपैयाँ, कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंकले भने पछिल्लो त्रैमासमा क्रमशः २२ लाख ७० हजार, दुई करोड ४३ लाख ४२ हजार र एक करोड ८२ लाख ९९ हजार रुपैयाँ मुनाफा गरेका छन् ।
ग्रिन र कर्पोरेट डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः ६ लाख १६ हजार र ११ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । त्यस्तै, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने क्रमशः ६६ लाख ६९ हजार र नौ लाख ११ हजार रुपैयाँ मुनाफा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार