प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई इकाइको समर्थन, सम्झौता नगर्न खबरदारी
भेषराज पोखरेल
कात्तिक २२, २०७८ सोमबार १८:२३:३२
२२ कात्तिक काठमाडौं । प्रधानन्यायाधीश चोलेँन्द्रशमशेर जबराविरुद्ध बारएसोसिएसनले चलाएको आन्दोलनलाइ देशभरका बार इकाइहरुले समर्थन जनाएका छन् । ती इकाइका पदाधिकारीहरुले जबराको राजीनामा बाहेक अन्य कुरामा सम्झौता नगर्न सुझाव दिएका छन् । विगतमा न्यायालयको सुधारको माग गर्दै भएका आन्दोलन सम्झौतामा टुंगिँदै आएकाले अब त्यसो नगर्न खबरदारी गरेका हुन् ।
दोस्रो च।णको आन्दोलन गर्ने तयारी गरिरहेको बार एसोसिएसनलाई इकाइहरुले एक दिन दृशभरका सबै अदालत ठप्प पार्न पनि सुझाएका छन् । बारले अब थाल्ने आन्दोल कसरी अगाडि बढाउने भनेर इकाइ पदाधिकारीको सुझाव लिइरहेको बताइएको छ । आइतबार २५ इकाइ र २९ पदाधिकारीको सुझाव लिइएको र सोमबार पनि अरु इकाइ पदाधिकारीको सुझव लिइने बारले जनाएको छ । अबका बारका आन्दोलनका कार्यक्रममा इकाइको सहभागिता हुने प्रतिबद्धता पनि पदाधिारीले जनाएको बारले बताएको छ । इकाइ पदाधिकारीहरुले प्रधानन्यायाधीश जवराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्न पनि सुझाव दिएका छन् । बारका देशभर ९० इकाइहरु छन् ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले इकाइ पदाधिकारीले नेपाल बारको माग र अणनमा समर्थन जनाएको बताएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामाको मागभन्दा तल नजाने पनि बताएका छन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार