चार वर्ष लगाएर दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढामा पक्की पुल
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार १९:१०:५५
२३ काितर्क, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले रु १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ ।
पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए ।
“पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ”, उनले भने, “गाउँका बासिन्दा बिरामी परे एम्बुलेन्ससमेत ल्याउन सकिने अवस्था थिएन ।
पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन ।” उनका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जालसमेत जोडिएको छ । कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार