दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार १९:३३:५५
२३ कार्तिक, दैलेख । दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ ।
सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए।
दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना संक्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
मंसिर १२, २०८१ बुधबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार