डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू, स्थानीय खुशी
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार २२:९:४१
शेर भण्डारी
२३ कार्तिक, डडेल्धुरा । डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि सर्भे सुरु भएको हो।
पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पिन छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए। प्राविधिक टोलीले सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग गरेको छ।
त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका विषयलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उनले बताए। ‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं । सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं। विस्तृत विवरण सर्भेपछि मात्रै थाहा हुन्छ,’ उनले भने।
२०७० सालदेखि नै डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानलाई प्रस्ताव हुँदै आएको थियो । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे गराउन सकेको राजनीतिज्ञ डा। तारा जोशीको भनाइ छ। ‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन्। सुरुमा अध्ययन भयो। त्यसपछि सम्भाव्यता अध्ययन भयो।
अहिले हामी डीपीआर बनाउने प्रयासमा छौं। रिपोर्ट आएपछि इआइएको प्रक्रिया सुरू हुन्छ। हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुरामा अगाडि बढ्छौ।’ विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको तर जमिन भिरालो भएर पनि धावनमार्ग, पहाडले छेक्ने सम्भावनासमेत रहेको प्राविधिकहरूको भनाइ छ।
स्थानीय खुशी
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सात वटै पहाडी र दुई वटा तराईका जिल्लामा विमानस्थल छन्। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल छैन्।
डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आयस्तरमा समेत बढ्ने अमरगढी नगरपालिकाका नगरप्रमुख संगीता भण्डारीले बताइन्। उनले भनिन्, ‘यो ठाउँमा विमानस्थल बने मिनिमार्केटको रूपमा स्थापना हुन्छ। त्यसपछि यहाँका नागरिकले विभिन्न किसिमका व्यवसाय गर्न सक्छन् । र, आर्थिकरूपमा समेत सम्पन्न हुन्छन् ।’
डडेल्धुरामा विमानस्थल बने सुदूरपश्चिमका नौ जिल्लाका जनताले सुविधा पाउने स्थानीय धनबहादुर साउदले बताए। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार