कांग्रेसको चौधौं महाधिवेशनमा झापामा महिलाहरुको उत्साहजनक उम्मेदवारी
यज्ञप्रसाद भट्टराई
कात्तिक २४, २०७८ बुधबार १२:४०:४३
कांग्रेसको यसपटकको महाधिवेशनमा सबैजना नयाँ अनुहार । नयाँ बिचार र नयाँ हौसला । झापा जिल्ला क्षेत्र नं. ५ बाट अत्यधिक महिला सहभागिता सहित प्रदेश महाधिवेशन र संघीय महाधिवेशनमा बर्षौदेखि पार्टिको काममा निस्वार्थ खटेका नेतृत्वकर्ताहरुलाई सहभागी गराउने अभियानमा सहभागी बनौँ ।
आऔँ तपाई हाम्रो सानो त्यागले पनि नेपाली कांग्रेसमा नयाँ उमंग र नयाँ तरङ्ग ल्याउन सक्छ । दुई पटकभन्दा बढी महाधिवेशन प्रतिनिधि या महासमिति सदस्य भैसकेका नेताहरुलाई ससम्मान केन्दीय सदस्यमा पठाउने अभियान चलाउ । सधै भरि एउटै अनुहार, एउटै पद ओगटने लाचार नेतृत्वका बिरुद्धमा अब नयाँ अनुहारको पालो भन्ने अभियान चलाऔँ ।
नेपाली कांग्रेस पार्टी हामी सबैको साझा हो यो कोहि ब्यक्ति या समुह बिशेष कसैको पुर्ख्यौली सम्पत्ति हैन । २०४६ सालमा बिद्यार्थी आन्दोलनमा सकृय भई तथा अन्य भातृ संगठनहरुमा निरन्तर कृयाशिल भएको ब्यक्ति पनि अब उमेर र अनुभवले परिपक्व बन्दै ५० बशन्त पार गरिसकेको छ । हिडदा आँखा देख्न नसक्ने उमेरमा पनि पदका लागि लुछाचुँडी गर्ने बृद्ध नेतृत्वलाई पार्टी कार्यालयमा सम्मानित अभिभावक केन्द्र स्थापना गरी बस्ने ब्यवस्था मिलाउँन सक्नु पनि अबको युवा नेतृत्वको जिम्मेवारी हैन र ?
अहिले नेपाली कांग्रेसमा युवाहरु समेत सक्रियताका साथ नेतृत्वमा आउन खोजिरहेका छन् । यसले नेपाली कांग्रेसमा थप उत्साहको सञ्चार हुदै गैरहेको छ । राजनीतिक नेतृत्वमा युवाहरूको सक्रियता बढे युवाहरुको बिदेशिने संख्या घटछ, जसले युवाहरु देशमै गरिखाने बाटो खुल्न सक्छ । युवाहरुले पार्टीको नेतृत्व सम्हाले पार्टीले थप उचाई प्राप्त गर्न सक्छ ।
झापाको क्षेत्र नं. ५ मा महिलाहरुको राजनीतिमा उत्साहजनक सहभागीताले भोलिको नेपाली काङ्ग्रेस महिलामय हुने संभावना देखिदैछ । बिद्यार्थी राजनीति देखि महिला आन्दोलनमा सकृय महिलाहरुले अहिले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नगर, प्रदेश, क्षेत्र र संघिय महाधिवेशन प्रतिनिधिमा यस क्षेत्रमा दिएको उम्मेदवारी हेर्दा लाग्छ अबको कांग्रेस नेतृत्वमा महिलाहरुको बर्चस्व कायम हुने कुरामा अब दुईमत छैन ।
झापा जिल्लाकै राजनीतिक केन्द्र रहेको दमक र सिङ्गो क्षेत्र नं. ५ मा नेतृत्वको दाबेदारी गरिरहेका महिला नेतृहरुमा रेगिना भट्टराई प्रसाई, लता चापागाँई, मन्धरा पौडेल, कबिता उप्रेती, सुमित्रा खरेल, मेनुका बुढाथोकी, चन्द्रा खड्का भट्टराई, तुलसा पन्त, लगायतले अबको काङ्ग्रेस नेतृत्व सम्हाल्न अग्रसरता देखाएका छन् ।
पटक पटकको पुरुष नेतृत्वको सांगठनिक परिणामले निर्वाचन परिणाम शुन्यमा झरेपछि महिलाहरुले नेतृत्वमा आउन बाध्य हुनुपरेको महिला नेतृ तथा प्रदेश महनधिवेशन प्रतिनिधि कबिता उप्रेतीको भनाई छ । महिलालाई कोटा पुरा गराउने साधनको रुपमा पुरुष नेतृत्वको दवदवाका कारण सिङ्गो झापा कांग्रेस पछाडि परेको तितो यथार्थातालाई स्पष्ट र निर्धक्कका साथ राख्दै महिला नेतृ उप्रेती अब महिलाहरु राजनीतिमा अगाडि आउन पुरुष नेतृत्वको दौराको फेरो समाउनु पर्ने परम्परा तोडिनु पर्ने धारणा राख्छिन् ।
अर्की जुझारु महिला नेतृ तथा गत स्थानीय निर्वाचनमा उपु-प्रमुख पदमा उम्मेदवार समेत रहेकी रेगिना भट्टराईले महिलालाई निशेध गरेर गरिने राजनीतिले कहिल्यै पुर्णता नपाउने विचार राख्दै अब सबै मिलेर कांग्रेसलाई महिलामय बनाउनु पर्ने आवाज उठाई रहेकि छिन् । यस्तै महिला संघको लामो नेतृत्व सम्हालीरहेकी महिला नेतृ मन्धरा चिमरिया पौडेलले महिला पुरुष समान रुपमा सहभागिता रहनुपर्ने बिचार ब्यक्त गर्छिन । नेपाली कांग्रेसमा बिपी कोईरालासँगै शुशिला कोईराला अनि गणेशमान सिंह सँगै मंगलादेवि सिंहको समान राजनीतिक सक्रियता र संलग्नतालाई काले बुझ्न सके काङ्ग्रेसको संगठन आफै दह्रो भएर जाने चिमरियाको अनुमान छ ।
अन्य धेरै महिलाहरुको उम्मेदवारी रहेको झापा क्षेत्र नं. ५ को कांग्रेसको क्षेत्रीय, प्रदेश र संघीय महाधिवेशनबाट को र कस्ता अनुहारहरु नेतृत्वमा आउने हुन ? त्यो भने हेर्न बाँकी नै छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार