कर्णालीमा दशैंतिहारमा सवारी दुर्घटनामा ६० जनाको मृत्यु, १२८ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १८:९:४२
२४ कार्तिक, सुर्खेत । कर्णालीमा चाडबाडका बेला सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ । दशैंतिहारका बेला कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनामा परि ६० जनाको ज्यान गएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यु हुनुका साथै १२८ जना घाइते भएका छन् । कर्णालीका १० जिल्लामध्ये हुम्ला, डोल्पा र कालिकोट जिल्लाबाहेक अन्य जिल्लामा सवारी दुर्घटना भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो सवारी दुर्घटनामा मुगुमा भएको छ । मुगुमा सवारी दुर्घटनामा परि ३३ जनाको ज्यान जानुका साथै २१ जना घाइते भएका छन् ।
सल्यानमा १३, सुर्खेतमा सात, जाजरकोट पाँच, दैलेख, रुकुमपश्चिम र जुम्लामा एकएक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।
‘दुर्घटनाका कारणमा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु राख्नु र पुराना सवारी साधन हुनु रहेको छु, उनले भने, ‘यी सवारी दुर्घटनामा हालसम्म १२८ जना घाइते भएका छन् ।’
दशैंतिहारको अवधिमा ५४ वटा अपराधिक घटना भएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । कर्तव्य ज्यानसम्बन्धी आठ, ज्यान मार्ने उद्योगमा दुई, सार्वजनिक सुरक्षासम्बन्धी आठ, भवितव्यसम्बन्धी सात, झुण्डिएर आठ, साधारण चोरीसम्बन्धी दुई, सट्टेबाजी दुई, ठगीसम्बन्धी एक, हतियारसम्बन्धी एक, बहुविवाहसम्बन्धी चार, जबरजस्तीकरणीसम्बन्धी दुई, जबरजस्तीकरणी उद्योगसम्बन्धी एक, यौन दुर्व्यवहारसम्बन्धी एक र सवारी ज्यानसम्बन्धी आठवटा घटना प्रहरीमा दर्ता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार