ओलीको अहंकारले झस्किए झापाका कार्यकर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार २२:५१:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/kpppppppppppp_g5KxhkHOQj.jpg)
२८ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवासमा आफ्ना मतदातासमक्ष डरलाग्दो अहंकार प्रदर्शन गरेका छन् । एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवासमा आएका गगन पुरी लगायतलाई ओलीले भेट्न
अस्वीकार गरेका हुन् ।
गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन् । उनी विगतमा माओवादीका तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । केपी ओलीको गृहनगर दमक हो ।
गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ दमक पुगेका थिए । ओलीसँग भेट्ने प्रबन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए । भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए । भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ ।
बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्डभित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए । करिब एक घण्टा गगन पुरीको टोली गेटबाहिरै उभिएर पर्खेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता
भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएनन् ।
केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पूरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेका थिए । गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए ।
तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए । गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घण्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने ।
ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।
गगनको टोली बालकोट निवासमा रहेका बेला दर्जनौं व्यक्ति भित्रबाहिर गरिरहेका थिए । दर्जनौंले ओलीलाई भेटेका थिए । आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको यस्तो उपेक्षा नयाँ होइन । प्रधानमन्त्री भएको बेला पनि ओलीले आफ्नो क्षेत्रका मतदातालाई भेट्दैनथे ।
आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको उपेक्षा देख्नेहरुका अनुसार आउँदो चुनाव ओलीले प्रत्यक्षमा नलडेर समानुपातिकबाट लड्ने अनुमान गर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार