सरकारी गाडी किन्नभन्दा दमकल किन्नतर्फ सरकारको ध्यान जानु जरुरी छ
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार २२:५४:२
अनुसा थापा
उपत्यकाभित्रका हरेक जिल्लामा घनबस्ती बढिरहेको छ । काठ्माडौंमा भने अलि धेरै नै सर्वसाधारणहरुको बसोबास छ । जनसंख्या बढ्दा र आवासीय क्षेत्रहरुको निर्माणले खाली जग्गा सबै मासिइसकेको छ ।
सिमेन्टका घरहरु निर्माणको क्रम अत्यन्तै बढ्न जानाले आकाशबाट परेको पानी जमिनभित्र जान पाउँदैन् । अव्यवस्थित सहरीकरणले जमिनबाट मूल फुटेर पानी बाहिर निस्कने ठाउँ मेटिँदै छ । पहिले गाईबस्तुका लागि पानी खान बनाएका आहाल, पोखरी अहिले सबै हराइसकेका छन् । ढुंगेधारा, कुवा पनि मासेर सबै घर बनाइएका छन् ।
खोलानालामा बगेका पानीमा ढल मिसाइएका छन् । ढल मिसिएका खोलानालाको पानी प्रयोग गर्ने कुरै भएन । नेपाल सरकारर राजनीतिक दलहरुका कारण ऐतिहासिक सम्पत्तिहरु अतिक्रमणमा पर्दै गएका छन् । यसले उपत्यकाको मौलिकता गुम्दै जाने खतरा बढ्दै गएको छ ।
उपत्यकामा निर्मित अधिकांश घर दुईतीन आना जग्गामा निर्माण भएका छन् । सबै घर एकअर्कासंग टाँसिएका छन् । खाली जग्गा छोडिएको छैन् भने बाटो मिचेर घर बनाइएको छ । बाटो मिचेर घर बनाउँदा मोटरसाइकल र ट्याक्सी छिर्नसम्म हम्मेहम्मे अवस्था छ ।
यस्तो घना बस्तीमा आगलागी भयो भने निभाउन ज्यादै कठिन पर्न जान्छ । ऊर्जाको स्रोतका रुपमा रहेको दैनिक उपभोगमा आउने ग्यास र विधुतीय लाइन तथा मेसिनरीमा खराबी आउँदा सर्ट भएर आगलागी हुनसक्ने खतर बढी छ । अहिले विशेषतः काठमाडौं उपत्यकामा तथा देशका अन्य सहरहरुमा पनि एउटा घरमा आगो लाग्यो भने धेरै घरमा फैलने खतरा बढी छ ।
आगो निभाउनको लागि पानी पनि प्रशस्त छैन । ताल, ढुंगेधारा, पोखरीहरु सुक्दै गएकाले र खोलानालाको पानी एकातिर सुक्दै गउको छ भने त्यैमा पनि ढल मिसाइएको छ । विद्युत् सर्ट भएर धेरै मानिसहरुको मृत्यु भएका घटनाहरु दिनहुँजसो सुन्नमा आइरहन्छन् । आगो निभाउने मुख्य साधन दमकलको उचित व्यवस्था भने छैन । केही भएका पनि पुराना भइसकेका छन् ।
नेपालमा दमकलको संख्या निकै नै कम छ । भएका दमकलपनि पुराना प्रविधिमा आधारित छन् । अति थोरै मात्र पानी अट्छ । सरकारले भने उपत्काका सहरहरुका लागि पर्याप्त नयाँ दमकल किन्ने योजना बनाएको छैन भने उपत्यका बाहिरका सहरहरुको अवस्था झन् भयावह छ । जुन सहरी सुरक्षाका दृष्टिले अति जरुरी छ । सहरी सुरक्षाको चासो दिनुभन्दा पनि सरकारले कर्मचारी चढ्नलाई सरकारी गाडी किन्न प्रत्येक वर्ष बजेट छुट्याउँदै आएको छ। दमकल किन्न भने सरकारले त्यस्तो बजेट छुट्याउने सोच पनि बनाएको देखिँदैन ।
सरकारी गाडी बिनाकाम किनेका सवारीमा पर्दछन् । अर्थ मन्त्रालयले सरकारी गाडी किन्नलाई बजेट छुट्याउछ । तर, दमकल किन्नको लागि मन्त्रालयले बजेट छुट्याउँदैन । महानगरपालिका र वडाको पनि दमकल किन्नतर्फ खासै ध्यान गएको देखिँदैन। आवश्यकता अनुसार दमकल नहुँदा आगो लागेको घण्टौंसम्म पनि नियन्त्रणमा लिन गाह्रो पर्छ । चाहिएको बेलामा दमकल पुग्दैन् । यता, धनजनको क्षति भइसकेको हुन्छ ।
हिउँदको बेलामा जंगलमा लाग्ने आगो नियन्त्रणको सरकारसँग कुनै उपाय छैन । आगो नियन्त्रणमा लिन सक्दैन् । जंगलमा लाग्ने आगोका कारण ठूलो मात्रामा वन्यजन्तु मर्ने गरेका छन् भने काठ, जडीबुटी सबै नष्ट हुँदै आएका छन् । जंगलमा लागेका आगो निभाउनको लागि हेलिकप्टर किन्ने कि दमकल थप्ने यसमा सरकारले सोचेको देखिन्न ।
वर्षैपिच्छे हाम्रा जंगलहरु खरानी भइरहेको छन् ।
अर्थ मन्त्रालयले सरकारी गाडी मात्रै होइन् दमकल किन्नका लागि आवयक बजेट छुट्याउनुनु आवश्यक छ । जनताको आवश्यकलाई सरकारले बेवास्ता गर्न मिल्दैन । महानगरपालिकाले प्रत्येक वडामा एउटा दमकल र एम्बुलेन्स राख्नैपर्छ ।
प्रहरी र सेनासँग पनि दमकलको व्यवस्था हुनपर्छ । पानी बोक्ने ट्याकंरहरुलाई पनि आगो निभाउने काममा प्रयोग गर्न सरकार योजना ल्याउन सक्छ र ल्याउनुपर्छ तर सरकारले पदवालाका लागि गाडी किन्ने योजना बनाउने र चाहिने बजटेको व्यवस्था गर्न अति जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार