प्रदेश नं. २ मा नक्कली चुरोटको बिगबिगी !
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १९:३:८
२४ कार्तिक, धनुषा । सिरहा,धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरणमा बिगबिगी बढेको हो ।
नेपाल र भारत सीमासँग जोडीएको अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ। यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लामा रहेको पाइएको छ ।
आन्तरीक राजस्व कार्यालय धनुषाको निर्णय अनुसार धनुषाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलवार सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला परेका छन ।
फेला पारेका नक्कली चुरोट सहित पसलका सञ्चालक शंकर साहलाई प्रहरी नियन्त्रनमा लिई थाप अनुसन्धानका लागि आन्तरीक राजस्व कार्यालय जनकपुरधाम पठाईएको हो । सामान बरामद गर्ने मात्रै नभएर यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली सामान भित्रने कमी नआउने जानकार बताउँछन् ।
सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खुलाएको छ ।
सम्बन्धित निकायले ठोस रुपमा अनुगमन गर्न नसक्दा यस्ता नक्कली पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुँदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालेपछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेको उद्योगिहरुले बताएका छन् ।
सूर्य नेपाल प्रा.लि.को सक्कलीमा गाढा रातो रंगको डिब्बा रहेको छ भने नक्कली चुरोटमा आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्टिकर, फिक्का रातो रंगको डिब्बा, भित्र चुुरोटको आकारमा परिवर्तन समेत रहेको देखिएको छ ।
एक महिनामा विभिन्न स्थानहरुबाट कम्तीमा ५ करोड रुपैँया बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकहरुको दाबी रहेका छन । अवैध कारोबारीले प्रति महिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार