नवलपुरमा कृत्रिम मालाको व्यापार फस्टाउदै
मीना कंडेल
कात्तिक १९, २०७८ शुक्रबार १९:३७:५१
१९ कार्तिक, नवलपुर । नेपालीहरुको दोस्रो चार्ड शुभ दिपावलीको अवसरमा नवलपुरमा कृत्रिम मालाको व्यापार फस्टाएकाे छ । मालाको व्यापारसँगै बजारमा मानिसको चहलपहल वढ्दो रहेको छ ।
तिहारको माैका पारी आवश्यक पर्ने सामाग्रीहरु किनमेलको लागि वजारमा घुइचो लाग्ने गरेको छ । नवलपुरको कावासोतीमा कृत्रिम माला भित्रिएसगै वजार झिलिमिलि देखिएको छ भने कृत्रिम मालाको व्यापार पनि राम्रो हुने व्यापारिहरु वताउँछन ।
पछिल्लो समय हजारी, मखमली, गुरधौली जस्ता फूलहरुको उत्पादन कमिसंगै वजारमा प्रशस्त कृत्रिम माला भित्रिएको जनाइएको छ । तिहारलाई सप्तरंगी टिका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । प्राकृतिक फूलको उत्पादन कमिसंगै कृत्रिम मालाको आयात वढ्दै गएको कावासोतीका व्यापारी तिलक सापकोटाले बताए ।
हेर्दा आकर्षक ,थरीथरीका रङहरुमा वनाएका ‘नक्कली ’कृत्रिम माला नवलपुरको कावासोतीमा भित्रिएको सापकोटाले वताउनु भयो । तिहारका लागि घरघरमा लगाईने हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति नहुनु तर जनसंख्या भने बढ्दै जाँदा टिका लगाउने संख्या बढेकोले कृतिम मालाको माग बढेको सापकोटाको भनाई छ ।
प्राकृतिक फूलहरुको अभावमा मानिसहरु नचाँहादा नचाहाँदै पनि कृत्रिम माला किन्न बाध्य भएका छन् । दाजुभाई तथा दिदी बहिनीलाई लगाई दिने मालाको अभावमा कृतिम मालाको माग बढेको हो । शहरका ठेला देखि सटर अनि पसलहरुसम्म व्यापार भएको छ ।
व्यावसायिक रुपमा गरिएको फूल खेति र घरघरमा लगाएका फूलहरु मौसमका कारण प्रभावित हुँदा कृत्रिम माला माथिको निर्भरता बढेको सर्वसाधरण सिता चापागाईले बताए । ‘घरमा लगाएको फूलहरु यसपालि चाँडै नफुल्ने भयो , प्राकृतिक फूल छोडेरकृतिम माला लगाउनु रहर हैन बाध्यता हो । ’ उनले भनिन् ‘ फूल नरोपेको , माहुरी र पुतली नझुमेको आँगनको शोभा नै हुँदैन ।’ उनका अनुसार कतिपय जाँगर नभएका अल्छिहरुले घरमा माला उन्ने र कष्टगर्नुको सट्टा बजारमा किन्न पाईने तर कृतिम तयारी फुलका माला किनेर लैजाने गरेको बताइन । घरको शोभाको लागि मात्रै भएपनि हरेकले दुई÷चार वोट पुष्टका बोटहरु रोप्न जरुरी रहेको उनले बताइन ।
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार