जुवा सम्बन्धि अपराधको घटनामा वृद्धि
मीना कंडेल
कात्तिक २४, २०७८ बुधबार १९:४८:७
२४ कार्तिक, नवलपुर । पछिल्लो समय जुवा सम्बन्धि अपराधको घटनामा वृद्धि भएको पाइएको छ । चाडपर्व शुरु भएपछि जुवातास खेल्ने र खेलाउने कार्य बढन सक्ने भन्दै प्रहरीले निगरानी समेत बढाएको छ ।
दैनिकजसो जुवा सम्बन्धि अपराधका घटनामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको खवर आउने गरेका छन् । नवलपुर प्रहरीले आ.व २०७६/७७ मा भन्दा तुलनात्मक रुपमा गत आ.व ०७७/७८ मा धेरै जुवा सम्बन्धि अपराधको घटना बाहिर आएको हो ।
आ.व २०७६/७७ मा ८ वटा मात्रै जुवा सम्बन्धि मुद्दा कारवाही अगाडी बढाएको प्रहरीले गत आ.व ०७७/७८ मा ५३ वटा मुद्दामा कारवाही अगाडी बढाएको हो । चाडपर्व, मेलापर्व, मेलापत साथै विविध धार्मीक तथा सास्कृतिक पर्वका नाममा जुवा खेल्ने तथा लुकिछिपी प्रहरीको गतिविधी नियाल्दै खेलाईने गरेको स्थानबाट धेरै मात्रामा जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले बताए ।
केहि दिन अघि मात्र कावासोती ,देवचुली र हुप्सेकोटबाट तास खेलिरहेको अवस्थामा जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगद र तास सहित पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलिपकुमार गिरीले
जानकारी दिए ।
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार