फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार २१:२३:५१
२४ कार्तिक, वालिङ । यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल भएका हुन् । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उनले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाएका हुन्।
“गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा व्यावसायिकरुपमा दुई महिनाअघि फूल खेती थालेको हुँ,” व्यवसायी रानाले भने, “विदेशबाट आएको फूलमा हामीले पैसा खर्च गरिरहेका छौँ, हाम्रै गाउँपाखामा रहेका बाँझो बारीमा फूल लगाए पनि यसबाट राम्रो आम्दानी लिन सकिने ठानेर फूललाई नै व्यवसायका रुपमा अगाडि बढाएको हुँ ।”
दशैं र तिहारको अवधिभरमा सात क्विन्टल फूल बिक्री गर्दा रु दुई लाख १० हजार आम्दानी गरेको व्यवसायी रानाले बताए । फर्ममा उत्पादन भएको फूल प्रतिकेजी रु तीन सयका दरले बिक्री गरेका हुन् ।
यहाँ उत्पादन भएको फूल पोखरामा पाँच क्विन्टल, भैरहवामा एक क्विन्टल, फर्मबाटै एक क्विन्टल बिक्री भएको हो । “दशैं र तिहारका समयमा यहाँ उत्पादन भएको फूलको माग स्याङ्जा जिल्लासहित पोखरा, भैरहवा लगायतका स्थानमा पुग्यो,” व्यवसायी रानाले भने, “माग अझै थियो तर पु¥याउन सकिन, अझै फुल्दै छ अब करीब दुई क्विन्टल फूल उत्पादन हुने अनुमान गरेको छु, उक्त फूल आउँदै गरेको ठूली एकादशी र मंसिरमा हुने विवाह लगायतका कार्यहरुमा बिक्री हुनेछ ।”
उत्पादनका क्रममा बाँकी रहेको फूलबाट न्यूनतम पनि रु साठी हजार आम्दानी हुने अनुमान उनको छ । आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारहरुको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको उनले बताए । एउटै याममा फूल बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि हौसला जागेकाले अझै ठूलो परिमाणमा खेती विस्तार गर्ने सोचमा उनी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार
माघ १४, २०८१ सोमबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार