छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बिहिबार ०:४४:१८
२४ कार्तिक, जनकपुरधाम । लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदै गएको सूर्यदेवलाई अर्घ्य दिइएको छ । सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् ।
छठ पर्वको अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासरलगायतका प्रमुख पोखरीमा निर्माण गरिएको घाटमा श्रद्धालुहरू जम्मा भई अर्घ्य दिएका हुन् ।
घाट यतिवेला विद्युतीय बल्फले झिलिमिली भएको छ । श्रद्धालुभक्तजनले अर्घ्य दिइरहेको वेला पूर्व युवराज्ञी हिमानी शाहले हेलिकोप्टरबाट छठको शुभकामना लेखिएको प्लेकार्ड बाडेकी छन् । प्लेकार्डमा २०४७ सालको संविधान पुनर्स्थापना अभियानसमेत उल्लेख गरिएको छ ।
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथिसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौँ दिन नित्यकर्मपछि व्रतमा बस्नेहरू लसुन, प्याज, उसिनेको चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, खीर दूध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन बर्त बसिन्छ र बर्त बस्नेहरूले अन्न र जल ग्रहण गर्दैनन् ।
बिहानैदेखि स्वच्छपूर्वक छैठमा लागि भुस्वा, टकुवा, लड्डुलगायत परिकार तयार पार्छन् । ती सबै समानलाई बासको डालोमा राखी सूर्यास्त हुनुभन्दा अभावै कुनै जलाशय, नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने ब्रातालुले घण्टौसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छ ।
केही दशकअघि नेपालको तराई र भारतका विहार, उत्तर प्रदेशलगायतका राज्यका मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित नेपालका पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । छठमा प्राकृतिकका साथै एकता र अस्थाको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको साहित्यकार उपेन्द्र भगत नागवंशी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार
सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरीलाई भने हाइसन्चो
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार