यसवर्ष चाँडै हिमपातसँगै चिसो सुरु
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बिहिबार २:२६:३४
२४ कार्तिक, फुङ्लिङ । ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् ।
कार्तिक यता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो ।
करिब तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडामा हिउँ पर्न थालेको र कार्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा बर्षेनी मौसमी बसाइँ सर्ने गरेका छन् ।
गत वर्षको तुलनामा यसवर्ष चाँडै हिमपातसँगै चिसो सुरु भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए । तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका र शुक्रबारसम्ममा उनीहरू सबै परिवार औलतर्फ झरिसकेको लामाले बताए ।
तोक्पेगोलाका बासिन्दा चिसो छल्नलाई पापुङकै तल्लो बस्तीमा मौसमी बसाइँ सरेका वडाध्यक्ष लामाले जानकारी दिए । हिमपात र चिसो छल्न हिमाली क्षेत्रदखि औल झरेका समुदाय करिब छ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि वैशाखतिर मौसमी बसाइँ सरेका पुरानै ठाउँ तोक्पेगोलामा पुनःबसाइ सर्ने गरेको पापुङका वडा सदस्यसमेत रहेका स्थानीय पासाङ शेर्पाले बताए ।
पशुपालन पेशामा आबद्ध रहेका तोक्पेगोलाका बासिन्दाले आ-आफ्नो पशुचौपाया तथा गोठ पनि तल्लो क्षेत्रमा सार्ने गरेका शेर्पाले बताए । शेर्पा समुदायको मात्र बसोबास रहेको तोक्पेगोलाका बासिन्दाले घरमा ताल्चा लगाएर बसाइँ सर्ने र औल क्षेत्रमा उनीहरू आफैँले अस्थायी घरटहरा बनाएर बस्ने गर्दछन् । तोक्पेगोलाका बासिन्दा अधिकांशको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ ।
यता जिल्लामा पनि चिसो निक्कै बढेको छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण उच्च हिमाली बस्तीका बासिन्दा प्रभावित बन्दै गएका छन् भने एक हजार ८०० मिटर उचाइ रहेको सदरमुकाम फुङ्लिङ बजारमासमेत चिसो बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार