अब ट्राङ्लोबाट इसेवामनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउन सकिने
नेपालबहस संवाददाता
कात्तिक २५, २०७८ बिहिबार २२:५४:४१
२५ कार्तिक, काठमाडौं । अब विश्वका अधिकांश देशमा ट्राङ्लोबाट इसेवामनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउन सकिने भएको छ । रेमिट्यान्स् बजारमा पछिल्ला दिनमा बलियो उपस्थिती जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको हो ।
यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिने छ । साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिने छ । साथै ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दारु.७७ को वालेट बोनस प्राप्त हुनेछ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ ।
ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले भन्नुभयो, ‘ट्राङ्लाृे जस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ। यसले हाम्रो नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांस बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ ’।
सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ । जसले एयरटाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ । विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुखकार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन् ।
इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार