तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
कात्तिक २६, २०७८ शुक्रबार ११:१:०
वि.सं.२०७८ साल कार्तिक २६ गते । शुक्रबार । ईश्वी सन् २०२१ नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि– अष्टमी, बिहान १० बजेर ४३ मिनेट उप्रान्त नवमी । नक्षत्र– धनिष्ठा, बेलुकी ०८ बजेर ०३ मिनेट उप्रान्त शतभिषा । योग–वृद्धि, बिहान १० बजेर ३८ मिनेट उप्रान्त ध्रुुव । करण–बव, बिहान १० बजेर ४३ मिनेट उप्रान्त बालव, बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,बिहान ०८ बजेर २० मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०० पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेकोछ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथिको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- लामो दुरिको रमाईलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । मायाप्रेम तथा जीवनसाथिसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यावसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानि नगर्नु नै राम्रो रहेकोछ । पढाईलेखाईमा थोरै बढी समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलासी वस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यावसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यावहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- मायाप्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवनसाथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । अध्ययनको लागी बिहानको समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथिभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्यमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तीको योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछी परिनेछ । मायाप्रेममा बिहानको समयमा नजिक हुन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार