पार्टी संगठन र जनजीविकाका सवाल सँगसँगै लैजानु आवश्यक : कांग्रेस युवा नेता लिङ्गदेन
![यज्ञप्रसाद भट्टराई](
https://nepalbahas.prixacdn.net/media/albums/yagya_Bhattarai_2v6w3d0oyr.jpg
)
यज्ञप्रसाद भट्टराई
कात्तिक २६, २०७८ शुक्रबार १३:४७:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/congerss_hOq7Ewct0T.jpg)
२६ कार्तिक, काठमाडौं । अहिले नेपाली कांग्रेस आफ्नो पार्टीको चौधौं महाधिवेशनको महाअभियानमा होमिएको छ । देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको नाताले पनि नेपाली कांग्रेसको महाधिवेशनले सिंगो मुलुकलाई नै तरंगित बनाएको छ ।
नेपाली कांग्रेसको यो महाधिवेशन यसकारण पनि ऐतिहासिक बनिरहेको छ कि यस पटक नेपाली कांग्रेसको केन्द्रीय तहदेखि जिल्ला, प्रदेश, नगर, गाउँ र वडातहबाटै ब्यापक रुपमा नेतृत्व परिवर्तनको मद्दाले स्थान पाईरहेको छ ।
पार्टीभित्र जति बढी नेता तथा कार्यकर्ताहरु हुन्छन् त्यति नै पार्टी चलायमान, सशक्त र प्रभावकारी रुपमा अगाडि बढ्न सक्छ । युवा तथा नयाँ पुस्ताका युवा नेताहरुको नेतृत्वमा अध्यधिक आगमनले पनि वर्तमानमा नेपाली कांग्रेसलाई झनै उmर्जाशील बनाउँदै लगिरहेको छ ।
सैद्धान्तिक रुपमा अत्यन्तै सबल नेपाली कांग्रेस नेतृत्व तहको उदासीनता र निष्क्रियताका कारण बवगतमा निकै नै कमजोर अवस्थामा पुगिसकेको भएता पनि वर्तमानका नेताहरुको सक्रियताले आगामी दिनमा राम्रो सांगठनिक अवस्थामा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।
झापा जिल्लामा अहिले नेपाली कांग्रेसको चौधौं महाधिवेशनको चहलपहल सुरु भइसकेको छ । वर्तमान कांग्रेस नेतृत्वका केही गलत कार्यशैलीका कारण भने कांग्रेसभित्रबाटै अब नेतृत्व परिवर्तन हुनुपर्छ भनेर एकल एजेण्डा लिएर युवा तथा जुझारु नेताहरु पार्टीभित्रको आन्तरिक नेतृत्मा आउन अग्रसरता देखाइरहेका छन् ।
झापा जिल्लामा लामो समयदेखि राजनीतिमा सक्रिय नाम हो विश्वदीप लिङ्गदेन । बवगत ३१ वदेश र जनताको पक्षमा निरन्तर संघर्षशील युवा नेता लिङ्गदेनले जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, नागरिक स्वतन्त्रताको पक्षमा गरेको संघर्षशील इतिहासले उनलाई एक कुशल राजनीतिज्ञ र सफल संगठनकर्ताको रुपमा चिनाएको छ । राजनीति गरेकै कारण आफ्नो लागि र आफ्नो परिवारका लागि भनेर कहिल्यै हात नफैलाउने नेता विश्वदीप लिङ्गदेन केवल देश र जनताको पक्षमा आवाज उठाउँदा पटक पटक जेल र राज्यपक्षको चरम यातनाको सिकार बनेका व्यक्ति हुन ।
पटक पटक सेन्ट्रल जेल र नख्खु जेलमा झण्डै चाढे चार वर्षभन्दा बढी कठोर यातना भोगेका नेपाली कांग्रेसका युवा नेता लिङ्गदेनले तात्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा रही निःस्वार्थ रुपमा देश र जनताका पक्षमा मात्रै आवाज बुलन्द गरिरहेका व्यक्ति हुन् । झापा जिल्लाको क्षेत्र नं। ५ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका वर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई समेत सानदार मतका साथ पराजित गर्न सक्ने वर्तमान नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता लिङ्गदेनलाई नेपाली कांग्रेस झापाकै लोकप्रिय नेताका रुपमा लिने गरिन्छ ।
आफ्नो ३१ बर्षे लामो राजनीतिक जीवनमा कहीं, कतै, कहिल्यै भ्रष्टाचार र अनियमितताको सानोसम्म पनि दाग नलागेका निष्कलंक नेता लिङ्गदेन वर्तमान नेपालको संविधान निर्माणका एक अभिन्न सारथीसमेत हुन । तत्कालीन संविधानसभा निर्वाचनमा केपी ओलीलाई हराएर संविधानसभा सदस्य जितेका लिङ्गदेनले नेपालको संविधान निर्माणमा समेत उल्लेख्य कार्य गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रुपमा आफूले पाएको जिम्मेबारी सम्हालिरहँदा होस् या जनताका समस्यामा आफूलाई होमिरहँदा होस् सधैं देश निर्माणका पक्षमा, पार्टी संगठन निर्माणका पक्षमा, जनताका जनजीविकाका सबालका पक्षमा आफूलाई सधैं एक इमान्दार सिपाहिको रुपमा उभ्याउन सफल भएका नेता हुन् । आफ्ना कार्यकर्ताहरु र सुभचिन्तकहरुका पक्षमा सधैं छाती थाप्न अग्रपंत्तिमा रहन रुचाउने नेपाली कांग्रेस झापाका युवा नेता विश्वदीप लिङ्गदेन नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा संघीय महाधिवेशन प्रतिनिधिका रुपमा आफूलाई उभ्याएका छन् ।
पार्टी संगठन निर्माणमा आफ्नो खाँचो महसुस गरे पार्टीको नेतृत्व तहमा रहेर इमान्दारिताको राजनीति गर्न चाहेको बताउने लिङ्गदेनलाई यस पटक झापा जिल्ला क्षेत्र नं। ५ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिमा निर्वाचित नेताहरुले पक्कै पनि न्याय गर्नेछन् भन्ने आमकांग्रेस वृत्तले आशा राखेको छ ।
पार्टी संगठनको पक्षमा अनि जनताको जनजीविकाको सबालमा निर्धक्कका साथ बोल्न र आइपरेका खण्डमा मुकाबिलासमेत गर्न सक्ने साहसी हिम्मतिला नेताले नै बास्तवमा समग्र नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध र सांगठनिक रुपमा दर्बिलो बनाएर लैजान सक्ने युवा नेता लिङ्गदेनको पक्षमा सकारात्मक परिणम आउने कुरामा सिंगो झापा कांग्रेस विश्वस्त रहेको बुझिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार