किसानलाई अनुदानमा गहुँको बीउ वितरण
नेपालबहस संवाददाता
कात्तिक २६, २०७८ शुक्रबार १६:४०:११
२६ कार्तिक, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।
नगरपालिकाले कृषिका क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार