नयाँ कलाकारले बनाए तगारो, मिडिया हवले निर्माण गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ शनिबार १९:२७:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/tagaro-episode-01-poster-001_OXkgKMd1SC.jpg)
२७ कार्तिक, काठमाडौं । नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा।लि। ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको छ ।
समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा बस्तुमा समाबेश गरिने तगारोलाई कृष्ण लामिछानेले निर्देशन गर्नेछन् भने कृष्णलाई सरिता दुलालले लेखनमा साथ दिनेछिन् । मेरी बास्सैका निर्देशक समेत रहेका चर्चित कलाकार दमन रुपाखेती ‘घरज्वाई’ निर्देशन सल्लाहकारका रुपमा रहनेछन् ।
सबै नयाँ कलाकार रहेको उक्त सिरियलमा कृष्ण लामिछाने, एन्जल बिएसके, आर.बि. शर्मा, ज्ञान बहादुर खड्का, निरज मोक्तान, नविन काफ्ले, प्रमिशा क्षेत्री लगायतका कलाकारहरुले अभिनय गर्नेछन् । मिडिया हवको प्रडक्सनमा तयार गरिने उक्त सिरियललाई रेशम दर्लामीले खिच्नेछन् भने रबिन भट्ट, सरिता गौतम र अशोक चौधरीले सम्पादन गर्नेछन् ।
हिजो बिहिबार पहिलो भाग सार्बजनिक गरेको तगारोले दर्शकको राम्रो प्रतिकृया पाएको छ । सबै नयाँ कलाकार समावेश भएपनि कथा बस्तु र प्रस्तुतीकरणमा भने केही नयाँ गर्न खोजिएको छ । रमाईलो चैं के भने यो सिरियलले चर्चित टेलिचलचित्र सक्किगोनी संग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
एकातिर नयाँ कलाकारहरु, अर्कोतिर पछिल्लो पुस्ताका चलेका अनुहारहरु बिचको यो प्रतिस्पर्धाले तगारोलाई थोरै असर भने गर्नसक्ने देखिन्छ ।
मिडिया हवले यसअघि तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायतका हाँस्य टेलिचलचित्रहरु निर्माण गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार