सम्प्रादायिक सद्भावमा खलल पुग्ने भन्दै जनकपुरमा निषेधाज्ञा
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ आइतबार १:२४:३८
२७ कार्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार धनुषा जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठा भन्ने ठाउँमा केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जिल्ला सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेकाले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म चारकिल्ला तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘३ क’ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञामा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने उल्लेख छ । दिउँसो २: ०० बजेदेखि लागु भएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म कायम रहनेछ ।
निषेधाज्ञा उल्लंघन गर्ने जो सुकैलाई प्रहरीले कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार