के भएको थियो जनकपुरमा किन लाग्यो कर्फ्यु ?
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ आइतबार ३:४५:१९
२७ कार्तिक, काठमाडौं । कार्तिक २४ गते छठ पर्व मनाउने क्रममा मुसलमान समुदायले हिन्दु समुदायका नागरिकलाई प्रवेश गर्न नदिएपछि विवाद बढ्दै जाँदा धनुषामा कर्फ्यु लगाउनुपर्ने अवस्था आएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका– २० रूपैठामा हिन्दु र मुस्लिम समुदायबीच छठ पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको थियो । सो क्रममा मुसलमान समुदायले छठ मनाउन हिन्दुलाई रोक लगाएपछि धार्मिक, साम्प्रदायिक दंगा भड्कने अवस्था आएको थियो । त्यही क्रममा हिन्दुले शनबार विशाल शक्ति प्रर्दशन गर्ने जनाएको थियो ।
हिन्दु समुदायले प्रर्दशन गर्ने भनेपछि तनाव उत्पन्न हुने भएकाले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।‘
आज केही उच्छृंखल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
सो अनुसार पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐनबमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।कार्तिक २४ गते मुस्लिम समुदायले हिन्दुलाई छठ मनाउन अवरोध गरेका थिए ।
सो क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । सुरक्षाकर्मीले हिंसात्मक झडप हुन नदिए पनि हिन्दुहरु छठ मनाउन वञ्चित भए । सोही कारण त्यहाँ तनाव बढ्दै गएको छ । मुस्लिम समुदायले छठ मनाउन नदिएर हिन्दुमाथि अन्याय गरेको भन्दै हिन्दुवादी संगठनहरुले त्यहाँ शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए।
शक्ति प्रदर्शन गर्ने क्रममा सम्प्रदायिक हिंसा भड्किने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ‘एक पटक गल्ती भैसक्यो फेरि शक्ति प्रदर्शन गर्दा अर्को समुदायले फेरि अर्को शक्ति प्रदर्शन गर्ने भन्छ त्यसपछि यसको असर ठूलो हुन्छ त्यसकारण दुवैलाई प्रदर्शन गर्न रोक लगाउनेगरी निषेधाज्ञा जारी गरिएको हो’, जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार