महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार १८:२३:४०
२८ कार्तिक, सिद्धार्थनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्ले शनिबार भैरहवामा वरिष्ठ साहित्यकार प्राध्यापक डा चुडामणि रेग्मी ‘बन्धु’ सहित विभिन्न विधामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको गरियो । लुम्बिनी प्रदेशको जेठो साहित्यिक संस्था मानिएको उक्त परिषद्ले प्रा डा बन्धुलाई ‘सुकदेव सुकमाया लामिछाने बाल साहित्यकार पुरस्कार २०७७’ प्रदान गरेको हो ।
उनले विसं २०१८ मा महाकवि देवकोटाको बाल जीवनी र विसं २०३६ मा देवकोटा नामक पुस्तक लेखेर प्रकाशित गरेका थिए । नेपाली भाषा र साहित्यमा प्रा डा बन्धु गुरुहरूका गुरुका रूपमा परिचित छन् ।
यसैगरी ‘मीन पद्म गौचन स्मृति पुरस्कार’ भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने वरिष्ठ कथाकार विजय सागरलाई, ‘विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार’ काव्य लेखक टङ्कप्रसाद पन्तलाई, ‘सिद्धार्थ साहित्य पुरस्कार’ अग्रज साहित्यकार माधवप्रसाद पन्थीलाई, ‘टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार’ युवाकवि गिरी श्रीस मगरलाई, ‘सकला सिद्धार्थ बाङ्मय पुरस्कार’ नेपालगञ्जका साहित्यिकार डा इन्द्रबहादुर भण्डारीलाई प्रदान गरिएको थियो ।
त्यसैगरी ‘सिद्धार्थ साहित्य सम्मान ’ साहित्यकार रमेश समर्थन, लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष सम्झना शर्मा, समाजसेवी धर्मराज श्रेष्ठ, कलाकार चित्रकार नुरमदन थापा र शिक्षा सेवी यमबहादुर रसाइलीलाई प्रदान गरिएको का अध्यक्ष डिल्लीराज भट्टराईले बताए।
कवि रुद्र ज्ञवालीले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गरेको सो कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा। डा बन्धुले साहित्यकारहरुले समाज र राष्ट्रलाई सही मार्गदर्शन गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराई, प्राज्ञ बुंद राना, अङ्कित शर्मासहित सम्मानित साहित्यकारले कविता, मुक्तक, गजल प्रस्तुत गरेको आयोजक संस्थाका सचिव लक्ष्मीप्रसाद अधिकारीले बताए ।परिषद्ले भैरहवाको देवकोटा चोकमा महाकविको प्रतिमासमेत निर्माण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार